अर्किड मावि भरतपुरको निरन्तर उत्कृष्ट नतिजा

भरतपुर, १३ असार ।

भरतपुर–१० स्थित अर्किड माविले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेको छ ।

विद्यालयका शिक्षक हरिराम रेग्मीका अनुसार विगतका वर्षहरूको उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै यस वर्ष पनि विद्यालयले प्रभावशाली सफलता प्राप्त गरेको छ ।

विद्यालयका ७२ जना विद्यार्थीले जिपिए ३.६० देखि ३.९६ सम्म प्राप्त गरेका छन्, जसमा ३ जनाले पूर्ण ४.० जिपिए हासिल गरेका छन् ।

त्यसैगरी ३.२ देखि २.६ जिपिए प्राप्त गरेका विद्यार्थीहरूको संख्या ३८ रहेको छ ।

यस वर्ष समृद्धि रेग्मी, स्नेहा आचार्य र सुशील सुवेदीले जिपिए ४.० प्राप्त गरी विद्यालयको गौरव बढाएका छन् । गत वर्ष पनि अर्किड माविका २ जना विद्यार्थीले पूर्ण जिपिए ४.० प्राप्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट