समिट हेल्थकेयरमा लेजर प्रविधिबाट भेरिकोस भेन र पायल्सको उपचार शुरु

चितवन, ९ असार ।
चितवनमा पहिलोपटक लेजर प्रविधिबाट भेरिकोस भेन र पायल्सको उपचार शुरु गरिएको छ । बिरामी र सेवाग्राहीको सहजताका लागि भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित समिट हेल्थकेयर अस्पतालले चितवनमा पहिलोपटक यो प्रविधिबाट सेवा शुरु गरेको हो ।

अस्पतालका प्रबन्ध निर्देशक डा गौरव न्यौपानेले बिरामीहरु यस किसिमको उपचारको लागि बाहिर जान नपरोस् भन्ने उद्धेश्यले लेजर प्रविधि शुरु गरेको बताउनु भयो । ‘यो अस्पतालमा हामीले प्रविधिमैत्री र विशेषज्ञ डाक्टरहरु सहितको सेवालाई प्राथमिकता दिएका छौँ´, डा.न्यौपानेले भन्नुभयो- `यो प्रविधिले बिरामीहरुको समय र अतिरिक्त खर्चको पनि बचत हुन्छ ।’

पछिल्लो समय खानपान र जीवनशैलीका कारण पायल्स र भेरिकोस भेनका बिरामीहरु पनि बढ्दै गएकोले यो प्रविधि भित्रयाईएको उहांँले जानकारी दिनुभयो । उहांँका अनुसार लेजर प्रविधिबाट उपचार गर्दा बिरामीलाई कम दुखाई र उपचार बढी प्रभावकारी हुन्छ । अस्पतालमा भेरिकोस भेनको लेजर प्रविधि भित्रिएपछि परीक्षणको लागि बिरामीहरु आउने गरेको डा. न्यौपानेले बताउनु भयो ।

भेरिकोस भेन घुँडाभन्दा तल र पैताला भन्दा माथि नशा फुलेर छाला कालो हुने गर्दछ । शरीरमा बग्ने फोहोर रगत खुट्टामा जम्ने र पछि गएर छाला पोल्ने चिलाउने लक्षण देखापर्दछ ।चिकित्सकका अनुसार धेरैबेरसम्म उभिएर काम गर्ने व्यक्ति, गर्भावस्थाका बिरामी, मोटोपन तथा बंशाणुगत गुणका कारणले यो समस्या हुने गर्दछ ।

के हो लेजर प्रविधि ?
सूचना प्रविधिको आजको युगमा बिरामीहरुको विभिन्न अंगमा गरिने शल्यक्रियालाई लेजर प्रविधिबाट गर्ने गरिएको छ । यो प्रविधि विशेष प्रकारको प्रकाश प्रविधि हो । यो प्रकाशले बिरामीको असर परेको अंगमा विकिरणको माध्यमद्धारा शल्यक्रिया गर्ने गरिन्छ । हाल आंँखा, नाक, कान, घांँटी, मृगौलाको पत्थरी, ब्रेन ट्युमर, पाठेघरलगायतका अंगहरुमा यो प्रविधिको प्रयोग गरिंँदै आएको छ ।

समिट हेल्थकेयर अस्पतालमा यसका साथै विशिष्टिकृत सेवा अन्तर्गत अर्थोपेडिक र ट्रमा, अवेष्ट्रिक्स र गाइनोकोलोजी, जनरल मेडिसिन, जनरल सर्जरी, इएनटी, रेडियो डाइगोनोसिस एण्ड इमेजिङ, एनेस्थेसिया, प्याथोलोजीलगायतका सेवाहरु उपलब्ध छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट