भरतपुरमा मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम

भरतपुर, २९ जेठ ।
भरतपुर महानगरपालिका – ८ को आयोजना तथा आमा बच्चा स्वास्थ्य नेपालको समन्वय र मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

आमा बच्चा स्वास्थ्य नेपालकी अध्यक्ष कविता खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर – ८ का वडाध्यक्ष पूर्णबहादुर रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै रानाभाटले समाजमा मनोसामाजिक परामर्शको खाँचो भएर नै वडाले यो अभियान अगाडि बढाएको बताउनुभयो ।

घर परिवार तथा समाजमा उत्पन्न बिभेद आदिका कारण यस्ता खालका समस्या देखिने हुँदा यसको निराकरणमा वडाको प्रमुख भूमिका रहने उल्लेख गर्नुभयो ।

आगामी दिनहरुमा समेत वडाबासी सबैलाई मनोपरामर्श तालीम प्रदान गराउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

त्यस्तै मनकामना अस्पतालका अध्यक्ष ध्रुवप्रसाद काफ्लेले बिरामीको उपचार सेवामा मनकामना अस्पताल सधैं तयारी रहेको बताउनुभयो ।

मानसिक स्वास्थ्य समस्यालाई हल गर्दै त्यस्ता बिरामीहरुको उपचारमा थप सहुलियतपूर्ण व्यवस्था गर्ने बताउनुभयो ।

अस्पतालले हालसम्म थुप्रै सेवाहरु दिदै आएको जिकिर गर्दै उहाँले सबै किसिमका रोगको उपचारमा केही छुटको प्रबन्ध समेत अस्पतालले मिलाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुलाई मानसिक समस्या भनेको के हो ? यसको कसरी समाधान गर्न सकिन्छ ? कस्ता खालका लक्षण देखा पर्छन् ? आत्महत्या रोकथाम आदिमा कस्तो भूमिका खेल्न सकिन्छ भन्ने बारेमा नीलु अर्याल र प्रतिमा अर्यालले प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै आमा बच्चा स्वास्थ्य नेपालकी अध्यक्ष कविता खतिवडाले समाजमा आत्महत्याको संख्यामा उल्लेख्य वृद्धि भएको जिकिर गर्दै उहाँले यसको निदान भनेकै मनोपरामर्श भएको बताउनुभयो ।

पारिवारिक रहनसहन, खानपिन, बिलासी जीवनयापन, कलह, बिभेद आदिकै कारण यस्ता समस्या समाजमा सिर्जित हुँदै गएको खतिवडाले तर्क गर्नुभयो ।

मानसिक समस्यामा परेकाहरुको व्यक्तिहरुको उद्घारमा जोड दिन सबैजना मिलेर लाग्नुपर्ने धारणा राख्नुभयो ।

आम मानिसमा चौबिस सेकेन्ड भित्र आउने खराब सोचका कारण यस्तो समस्या सिर्जित हुने हुँदा उहाँले सकारात्मक सोचको बिकास गर्न सबैमा आह्वान गर्नुभयो ।

आफूमा भएका कमीकमजोरीहरुलाई औल्याउँदै सुधार गर्नुपर्ने बताउनुभयो ।

मनकामना अस्पतालको सभाहलमा भएको सो प्रशिक्षण कार्यक्रममा झन्डै ३० जना वडाबासीहरुको सहभागीता थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट