नवलपुर एफएमले सोमबार वृहत रक्तदान कार्यक्रम गर्दै

कावासोती, २५ जेठ ।
कावासोतीमा रहेको नवलपुर एफएम १०४.७ मेगाहर्जको आयोजनामा सोमबार वृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

रक्तदान कार्यक्रम नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयको प्रमुख आतिथ्यतामा हुने तय भएको नवलपुर एफएमकी कार्यकारी निर्देशक राधिका भुसालले बताइन् ।

नवलपुर एफएमका संस्थापक तीर्थराज भुसालको ३८ औं जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नवलपुर एफएम र पत्रकार तीर्थराज भुसाल स्मृति ट्रष्टको आयोजनामा हुने रक्तदान कार्यक्रम बिहान ७ बजेबाट शुरु हुने छ ।

कार्यक्रममा नवलपुर रक्त सञ्चार सेवा र नेपाल रेडक्र सोसाइटी कावासोती उपशाखाको प्राविधिक सहयोग रहेको छ भने नेपाल तरुण दल कावासोती, नेविसंघ कावासोती र मेलान नवलपुरको सहकार्य रहेको नवलपुर एफएमले जनाएको छ । तीर्थराजको स्मृतिमा नवलपुर एफएमले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट