नवलपुर एफएमले सोमबार वृहत रक्तदान कार्यक्रम गर्दै

कावासोती, २५ जेठ । कावासोतीमा रहेको नवलपुर एफएम १०४.७ मेगाहर्जको आयोजनामा सोमबार वृहत रक्तदान कार्यक्रम हुने भएको छ । रक्तदान कार्यक्रम नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयको प्रमुख आतिथ्यतामा हुने तय भएको नवलपुर एफएमकी कार्यकारी निर्देशक राधिका भुसालले बताइन् । नवलपुर एफएमका संस्थापक तीर्थराज भुसालको ३८ औं जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको […]

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै जनशक्ति भरतपुर – २४ गोल्डकपको सेमिफाइनलमा

भरतपुर, २५ जेठ । डिफेन्डिङ च्याम्पियन स्टार स्पोर्ट्स क्लब माडीलाई हराउँदै जनशक्ति युवा क्लब नवलपरासी चौथो पेन्गुईन भरतपुर – २४ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा जनशक्तिले स्टार स्पोर्ट्सलाई १-० ले पराजित गरेको हो । यो सँगै गत संस्करणको विजेता स्टार स्पोर्ट्स प्रतियोगिताबाट बाहिरिएको छ । सिद्धार्थ माविको मैदानमा भएको खेलमा […]

राक्सिराङ कला–साहित्य महोत्सव सम्पन्न

मकवानपुर, २४ जेठ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा दोस्रो राक्सिराङ कला–साहित्य महोत्सव–२०८२ सम्पन्न भएको छ । राक्सिराङ गाउँपालिका र कम्युनिकेशन इण्डष्ट्रीको आयोजनामा साहित्य, संस्कृति र सिर्जनात्मक अभिव्यक्तिलाई ग्रामीण तहसम्म विस्तार गर्ने उदेश्यले महाेत्सव आयोजना गरिएकाे हाे । महोत्सवमा नेपाल तथा भारतकोबाट समेत स्रष्टाहरूको उपस्थिति रहेको थियो । महोत्सवमा झापा, इलाम, डोल्पा, बारा, बाग्लुङ, चितवन, मकवानपुर, […]