डिफेन्डिङ च्याम्पियनलाई हराउँदै जनशक्ति भरतपुर – २४ गोल्डकपको सेमिफाइनलमा

भरतपुर, २५ जेठ ।
डिफेन्डिङ च्याम्पियन स्टार स्पोर्ट्स क्लब माडीलाई हराउँदै जनशक्ति युवा क्लब नवलपरासी चौथो पेन्गुईन भरतपुर – २४ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा जनशक्तिले स्टार स्पोर्ट्सलाई १-० ले पराजित गरेको हो ।

यो सँगै गत संस्करणको विजेता स्टार स्पोर्ट्स प्रतियोगिताबाट बाहिरिएको छ । सिद्धार्थ माविको मैदानमा भएको खेलमा जनशक्तिलाई जिताउन निरबहादुर थापाले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै सुरज चौधरीको एसिस्टमा निरले गोल गर्दै साविक विजेतालाई निराश बनाए । उनी नै प्लेयर अफ दि म्याच चुनिए ।

प्रतियोगितामा सोमबार प्याराडाइज युथ क्लब सिसुवार रत्ननगर र रामपुर फुटबल क्लब रड्स भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

भरतपुर – २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा जारी प्रतियोगितामा ८ टोली सहभागी छन् । जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार रुपैयाँ तथा उपविजेताले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट