राक्सिराङ कला–साहित्य महोत्सव सम्पन्न

मकवानपुर, २४ जेठ ।
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा दोस्रो राक्सिराङ कला–साहित्य महोत्सव–२०८२ सम्पन्न भएको छ । राक्सिराङ गाउँपालिका र कम्युनिकेशन इण्डष्ट्रीको आयोजनामा साहित्य, संस्कृति र सिर्जनात्मक अभिव्यक्तिलाई ग्रामीण तहसम्म विस्तार गर्ने उदेश्यले महाेत्सव आयोजना गरिएकाे हाे ।

महोत्सवमा नेपाल तथा भारतकोबाट समेत स्रष्टाहरूको उपस्थिति रहेको थियो । महोत्सवमा झापा, इलाम, डोल्पा, बारा, बाग्लुङ, चितवन, मकवानपुर, सिन्धुली, सल्यान, काठमाडौं, अछाम, धादिङ जिल्ला तथा भारत सिक्किमका कविहरूले रचना प्रस्तुत गरेका थिए । महाेत्सवकाे प्रमुख आकर्षणमा मदन पुरस्कार प्राप्त कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल, कवि तथा सार्वजनिक सेवा प्रशारण (पीएसबी) का सञ्चालक फूलमान बल, सिक्किमस्थित नेपाली भाषाकी अभियन्ता तथा कवि जीविका अश्रु, साहित्यकार कुमारी लामालगायतको उपस्थित रहेको थियो ।

महोत्सवको अवसरमा राक्सिराङमा जन्मेर नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा लामो योगदान पुर्‍याएका पत्रकार तथा साहित्यकार रामकुमार एलन रिजाललाई सम्मान गरिएको थियो । उनलाई नगद पाँच हजार रुपैयाँसहित गाउँपालिकाले सम्मान गरेको हो । मोहराज शर्मा, विवश बलिभद्र कोइराला, बाबुराम श्रेष्ठ, धीजन गुरागाईं, श्यामकुमार बानियाँ, प्रदीप वालाचन, डीबी बर्तौला, गोविन्द पौडेल, राजकुमार लामिछाने, मिथिला अधिकारीलगायतले सिर्जनात्मक काव्य महाेत्सवमा प्रस्तुत गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट