पुनरागमन जितका साथ बिएफसी भरतपुर- २४ गोल्डकपको सेमिफाइनलमा

भरतपुर, २४ जेठ ।
हानामी भरतपुर फुटबल क्लब बिएफसीले चौथो पेन्गुईन भरतपुर – २४ गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बिएफसीले भरतपुर खेलकुद विकास समितिलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

सिद्धार्थ माविको मैदानमा भएको खेलमा बिएफसीले २-१ को पुनरागमन जित निकाल्यो । खेलमा बिएफसीले १-० ले पछि परेको अवस्थाबाट कमब्याक गरेको हो । दोस्रो हाफको पाँचौँ मिनेटमा धिरेन्द्र शाहको गोलमा भरतपुर – २४ ले अग्रता लिएको थियो । तर दोस्रो हाफको १३ औँ मिनेटमा सजिन मगरले बिएफसीका लागि बराबरी गोल फर्काए ।

इन्जुरी समयमा सुजित बुढाथोकीले गोल गरेपछि बिएफसी २-१ ले विजयी भयो । विएफसीका सजिन मगर प्लेयर अफ दि म्याच भए । प्रतियोगितामा भोलि आइतबार साविक विजेता स्टार स्पोर्टस क्लब माडी र जनशक्ती युवा क्लब नवलपरासी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

भरतपुर – २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टोली सहभागी छन् । जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा उपविजेताले एक लाख ७५ हजार प्राप्त गर्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट