पत्रकार तथा लेखक लक्ष्मण वियोगीले ल्याए `सत्यम्´ कथासङ्ग्रह

काठमाडौँ, २४ जेठ । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रमका बीच कृतिको लोकार्पण गरिएको हो । प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचक द्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री तथा लेखकले संयुक्तरूपमा कृतिको […]

पुनरागमन जितका साथ बिएफसी भरतपुर- २४ गोल्डकपको सेमिफाइनलमा

भरतपुर, २४ जेठ । हानामी भरतपुर फुटबल क्लब बिएफसीले चौथो पेन्गुईन भरतपुर – २४ गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बिएफसीले भरतपुर खेलकुद विकास समितिलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । सिद्धार्थ माविको मैदानमा भएको खेलमा बिएफसीले २-१ को पुनरागमन जित निकाल्यो । खेलमा बिएफसीले १-० ले पछि […]

स्पेनमा नेपालीका लागि राहदानी शिविर हुँदै

स्पेन, २४ जेठ । स्पेनस्थित आलिकान्तेको बेनिडोर्ममा राहदानीका लागि घुम्ती शिविर हुने भएको छ । आलिकान्तेको बेनिडोर्मस्थित  होटल ब्रिस्टल, प्लासा डाक्टर फ्लेमिङ २ मा शिविर सञ्चालन हुनेछ । यहि जुन १४ र १५ (जेठ ३१ र असार १ गते) सञ्चालन हुने शिविरका लागि नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का र एनआरएनए कोष्टाव्लाङ्काले समन्वय सहजीकरणको तयारी तीव्र पारेका […]

बालकुमारी माविका पूर्व विद्यार्थीद्वारा अभिभावकलाई सम्मान

चितवन, २४ जेठ । चितवनको पुरानो एवं प्रतिष्ठित बालकुमारी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुले शनिबार नारायणगढमा अभिभावक सम्मान कार्यक्रम सम्पन्न गरेका छन् । बालकुमारीको एसएलसी ब्याच २०३९ सालका विद्यार्थीहरुको समूह बालमाविद् २०३९ समूहले सो समूहका सदस्यहरुका अभिभावकलाई दोसल्ला, सम्मानपत्र र उपहारसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा सबैभन्दा पहिले शैलेन्द्र श्रेष्ठका एक सय वर्षीय बुवा बटुकलाल श्रेष्ठलाई […]