नेकपा (एस) चितवनका जिल्ला कमिटी सदस्य लम्सालद्वारा पार्टी परित्याग

चितवन, २२ जेठ ।
नेकपा (एकीकृत समाजवादी) चितवनका जिल्ला कमिटी सदस्य तथा सक्रिय युवा समाजसेवी रामचन्द्र लम्सालले पार्टी परित्याग गर्दै स्वतन्त्र रूपमा सामाजिक अभियानमा संलग्न रहने घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुमा पोष्ट गर्दै लम्सालले आफू लामो समयदेखि वामपन्थी विचारधारामा आधारित रहेर राजनीतिक यात्रा तय गरेपनि पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दामा तानिएपछि त्यसले आफूलाई गहिरो नैतिक संकटमा पारेको जनाउँदै राजीनामा दिनुभएको हो ।

पार्टीका असल नेता तथा कार्यकर्ताप्रति सम्मान व्यक्त गर्दै उहाँले नेतृत्व तहमा देखिएको नैतिक विचलनप्रति असहमति जनाउनुभएको छ । “नेताको आचरण नै प्रश्नमा पर्दा मौन बस्नु भन्दा मार्ग परिवर्तन गर्नु उचित ठानें,” लम्सालले आफ्नो वक्तव्यमा उल्लेख गर्नुभएको छ, “म अब स्वतन्त्र नागरिकको हैसियतमा भ्रष्टाचार विरोधी अभियान, सामाजिक रूपान्तरण र जनजीविकाका सवालमा निडर भएर काम गर्नेछु ।”

लम्सालले आफ्नो राजीनामा सन्देशमा पार्टीप्रतिको मोह भङ्ग भएको जनाउँदै भन्नुभएको छ, “म झोले हैन । नेताले गर्ने गलत आचरणको विरोध गर्ने र आवश्यक परे बाटो फेर्ने साहस युवामा हुनुपर्छ भन्ने मेरो अडान आज पनि यथावत् छ ।” माडी नगरपालिका–४ निवासी लम्सालले पार्टी परित्याग गरेसँगै अब स्वतन्त्र सामाजिक अभियन्ताको भूमिकामा सक्रिय हुने उल्लेख गर्नुभएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट