नेकपा (एस) चितवनका जिल्ला कमिटी सदस्य लम्सालद्वारा पार्टी परित्याग

चितवन, २२ जेठ । नेकपा (एकीकृत समाजवादी) चितवनका जिल्ला कमिटी सदस्य तथा सक्रिय युवा समाजसेवी रामचन्द्र लम्सालले पार्टी परित्याग गर्दै स्वतन्त्र रूपमा सामाजिक अभियानमा संलग्न रहने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुमा पोष्ट गर्दै लम्सालले आफू लामो समयदेखि वामपन्थी विचारधारामा आधारित रहेर राजनीतिक यात्रा तय गरेपनि पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दामा तानिएपछि त्यसले […]
अर्किड स्कुलद्वारा सरसफाइ कार्यक्रम

भरतपुर, २२ जेठ । विश्व वातावरण दिवसका अवसरमा अर्किड स्कुलले सरसफाइ कार्यक्रम आयोजना गरेको छ । अर्किड स्कुलमा रहेकोे स्काउट समूह र इको क्लबको अग्रसरतामा भरतपुर महानगरपालिका प्रवेशद्वारदेखि बरण्डाभार जङ्गल क्षेत्रको पूर्वपश्चिम महेन्द्र राजमार्ग सरसफाइ गरिएको हो । शिक्षक, कर्मचारीसहित ठुलो सङ्ख्याका विद्यार्थीहरुले राजमार्ग छेउछाउमा फालिएका फोहोरमैला व्यवस्थापन गरेका थिए । अर्किड स्कुलका अतिरिक्त क्रियाकलाप […]
सनराइज स्कुलमा एसईई हाजिरीजवाफ प्रतियोगिता

भरतपुर, २२ जेठ । सनराइज इङ्ग्लिस सेकेन्डरी स्कुलले आयोजना गरेको एसईई स्तरीय हाजिरीजवाफ प्रतियोगिता २०८२ सम्पन्न गरेको छ । प्रतियोगिताको प्रारम्भिक चरणमा विभिन्न विद्यालयका १९ टोलीले सहभागिता जनाएका थिए, जसबाट उत्कृष्ट ६ टोली अन्तिम चरणमा पुगेका थिए । अन्तिम चरणमा विवेक सिलवाल, ओनिभ बस्ताकोटी र राजन यादव सम्मिलित टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल […]
कालीगण्डकी पदयात्रा शुरु

देवघाटधाम, २२ जेठ । पवित्र धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा शुरु भएको छ । आज बिहान देवघाटस्थित बेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो । देवघाटस्थित महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनानन्द गिरी, अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरी र डा गुरुप्रसाद सुवेदीलगायतले गण्डकी पूजा गरी यात्रा शुभारम्भ […]
वातावरण दिवसमा (कविता)

हरियो टिसर्ट हरियै टोपीमा हातमा पञ्जा लगाएर कनीकनी कुचो समाउँदै सेल्फी खिचिरहेको छ यो देशको तन्देरी तालुकवाला अड्डाको फेर समाउँदै ङिच्चङिच्च दाँत देखाएर मालिकत्व स्विकारी रहेछ राष्ट्रसेवक युट्युवरहरु व्यस्त छन् अन्तर्वार्तामा हरियो वन नेपालको धनको नारा उचालिएको छ एकाएक टेलिभिजनका पर्दाहरूमा हरियोकै दृश्यहरू एमएम रेडियोहरूले गाइरहेछन् निरन्तर हरियोकै गीत सडकमा दौडिएका छन् ब्रुमरहरू भगवानहरूका हात […]