भरतपुर, २२ जेठ ।
सनराइज इङ्ग्लिस सेकेन्डरी स्कुलले आयोजना गरेको एसईई स्तरीय हाजिरीजवाफ प्रतियोगिता २०८२ सम्पन्न गरेको छ । प्रतियोगिताको प्रारम्भिक चरणमा विभिन्न विद्यालयका १९ टोलीले सहभागिता जनाएका थिए, जसबाट उत्कृष्ट ६ टोली अन्तिम चरणमा पुगेका थिए ।
अन्तिम चरणमा विवेक सिलवाल, ओनिभ बस्ताकोटी र राजन यादव सम्मिलित टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरे । त्यस्तै उदय नेपाली, प्रमिश त्रिपाठी र गोविन्द कुशवाहाले दोस्रो स्थान प्राप्त गरे भने डेनिस लामिछाने, प्रसुन सापकोटा र राजन राउतको टोली तेस्रो स्थानमा रहन सफल भयो ।
प्रतियोगिताका क्विज मास्टर अभिषेक पराजुली रहेका थिए । कार्यक्रमका संयोजक जीवलाल चालिसेका अनुसार प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टोलीहरूले क्रमशः नगद ४५००, ३००० र १५०० रुपैयाँसहित पदक प्राप्त गरेका छन् ।
प्रतियोगिताले विद्यार्थीहरूमा ज्ञान र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुर्याउने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ ।





