अर्किड स्कुलद्वारा सरसफाइ कार्यक्रम

भरतपुर, २२ जेठ ।
विश्व वातावरण दिवसका अवसरमा अर्किड स्कुलले सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

अर्किड स्कुलमा रहेकोे स्काउट समूह र इको क्लबको अग्रसरतामा भरतपुर महानगरपालिका प्रवेशद्वारदेखि बरण्डाभार जङ्गल क्षेत्रको पूर्वपश्चिम महेन्द्र राजमार्ग सरसफाइ गरिएको हो ।

शिक्षक, कर्मचारीसहित ठुलो सङ्ख्याका विद्यार्थीहरुले राजमार्ग छेउछाउमा फालिएका फोहोरमैला व्यवस्थापन गरेका थिए ।

अर्किड स्कुलका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख अमित भुसालका अनुसार स्काउट समूहले बिसहजारी ताल क्षेत्र वरपर रहेको जलकुम्भी झारलाई पन्छाएर सरसफाइ गरेका थिए ।

अर्किड माविले यसअघि पनि विभिन्न अवसर पारेर स्थानीय क्षेत्र र धार्मिक सम्पदाहरुको सरसफाइ गर्दै आइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट