दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी उमेदवार ली जे–म्युङ्ग निर्वाचित

भरतपुर, २१ जेठ ।
दक्षिण कोरियामा विपक्षी उमेदवार ली जे–म्युङ्ग राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

६ महिनाअघि पूर्वराष्ट्रपति यून सुक–योलको देशमा सैनिक शासन लगाउने प्रयास असफल भएपछि उनलाई महाभियोग लगाएर हटाएपछि यो निर्वाचन भएको हो ।
६१ वर्षीय लीले तीन वर्षअघि मात्र महाअभियोगमार्फत अपदस्त यून सुक–योलसँग न्यून मातान्तरले पराजित भएका थिए । अहिले उनले यो निर्वाचनमा अप्रत्याशित जित हासिल गरेका छन् ।

सैनिक शासन लगाउने कदमका कारण दक्षिण कोरियामा ठूला विरोध प्रदर्शन सुरु भएपछि पूर्वराष्ट्रपति यून सुक–योलको राजनीतिक भविश्य नै अन्त्य गरिदिएको थियो ।

उनीविरुद्ध संसद्ले महाभियोगमा लगाएर पदबाट हटाएको थियो । अहिले पनि यून सुक–योलले शक्ति दुरुपयोग गरेको आरोपमा आपराधिक मुद्दा भोगिरहेका छन् ।

नवनिर्वाचित ली जे–म्युङ्गको सबैभन्दा ठूलो चुनौती प्रभावित र ध्रुवीकृत भएको देशलाई एकताबद्ध गर्नु रहेको बीबीसीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट