सन् २००१ मा संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ ) ले अन्तर्राष्ट्रिय दुग्ध दिवस मनाउने भनेर घोषणा गरेको हो I २५ वर्ष भइसक्यो दूध क्षेत्रको बारेमा अन्तर्राष्ट्रिय जगतबाट यसरी मनाउन लागिएको नेपालमा भने २०११ सालबाट राष्ट्रिय दुग्ध दिवस मनाउन थालिएको छ। नेपालमा कुल ग्रास्त उत्पादनको करिब ९ प्रतिशत योगदान दुग्ध क्षेत्रको रहेको देखिन्छ। जसमा ३५% योगदान गाईको दुधको छ भने ६५% योगदान भैंसीको दूधको रहेको पाइन्छ। साधारणतया गाईको दुधमा ३ देखि ४ प्रतिशत फ्याट हुन्छ। र ८ देखि ८.५% अन्य ठोस पदार्थ एसएनएफ हुन्छ भने भैंसीको दुधमा ६ देखि ७% फ्याट रहन्छ र त्यसैगरी ८.५ देखि ९.५% सम्म अन्य ठोस पदार्थहरु रहेको हुन्छ। वर्तमान खाद्य ऐनले तोकेअनुसार स्ट्यान्डर्ड प्रशोधित दूधमा न्यूनतम फ्याट ३% र न्यूनतम अन्य ठोस पदार्थ एसएनएफ ८% रहनुपर्ने जनाएको छ ।
दूधमा फ्याट घृतांश रहित ठोस एसएनएफ त्यसैगरी त्यसै भित्र प्रोटिन ल्याक्टोज खनिज लभर र जम्मा ठोस पदार्थ सबै गरी १२.७ देखि १३.६% सम्म रहेको हुन्छ भने भिटामिन अल्प परिणाममा रहन्छ त्यसो त पानीको मात्रा ८७.२९% सम्म गाईको दुधमा रहन्छ भने भैँसीको दूधमा ८२.४४% सम्म पानी रहेको पाइन्छ। दूध विशेष गरी ११ दशमलव १०७ डिग्री सेन्टिग्रेड तापक्रममा उम्लिन्छ। पानीभन्दा दुध अलि ढिलो बहने पनि हुन्छ र ढिलो गरी उम्लिन्छ।

दूध यस्तो पदार्थ हो जसमा ल्याक्टोज भन्ने पदार्थ अरु विश्वको कुनै पनि तरल पदार्थमा पाइँदैन। त्यसकारण दुधलाई अमृत पनि भनिन्छ। दुधबाट प्राप्त गरिने फ्याट प्रोटिन कार्बोहाइड्रेट खनिज पदार्थ भिटामिन आदिले हाम्रो मान्छेको शरीरमा आवश्यक पर्ने पौष्टिक तत्वहरुलाई पूर्ति गरी शरीरलाई तन्दुरुस्त र बलियो बनाउने काम गर्दछ । हड्डीलाई मजबुत बनाउनुको साथै शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्नको लागि पनि दूध महत्वपूर्ण मानिन्छ।
दूधबाट दही आइसक्रिम पनिर मखन घिउ छुर्पी लगायत दूधसँग विभिन्न परिकारहरु बनेका हुन्छन् । दुधलाई विश्व बजारमा विविधिकरण गरेर विभिन्न दुग्धजन्य पदार्थहरू बजारमा पाइन्छन् । त्यसो त नेपालमा करिब ५ लाख घरपरिवारहरू दुग्ध व्यवसायमा संलग्न रहेका छन् भने देशैभरि चारवटा ठूला दुग्ध प्रशोधन केन्द्रहरू छन् चितवनमा भने एउटा दुग्ध प्रशोधन केन्द्र छ जुन दुधको अभावबाट केही महिनाअघिबाट बन्द समेत रहेको छ। देशैभरि करिब ३० वटा मझौला खालका दुग्ध प्रशोधन उद्योगहरु छन् भने ५०० भन्दा बढी घरेलु तथा साना उद्योगहरु स्थापित भएर दैनिक रुपमा दुधलाई प्रशोधन गरेर बजारमा पुर्याउने गरेका छन् । गाउँघरका किसान बुवाआमा तथा दाजुभाई दिदीबहिनीहरूले करिब ३० अर्ब बराबरको दुधजन्य पदार्थहरू शहर बजारमा बिक्री वितरण गरी वार्षिक रुपमा त्यो पैसालाई गाउँमा ल्याउने माध्यम दुग्ध क्षेत्रले गरेको देखिन्छ ।
केही समय यता किसानहरूले डेरी मार्फत किसानहरूले सहकारी मार्फत बिक्री वितरण गरिएका दूतहरूको भुक्तानी समयमा नै नपाएको हुँदा एकातिर किसानहरु पलायन हुने चटारो देखिन्छ भने अर्कोतिर दुग्ध व्यवसाय बिस्तारै समस्यामा पर्दै गएको छ यसको बारेमा संघीय सरकार लागि परेता पनि किसानहरूको समस्या समाधान गर्न नसक्दा आगामी दिनहरुमा उत्पादन घट्नुको साथै दुग्ध उत्पादन गर्ने क्षेत्रहरू घट्दै जाने देखिन्छ जसले गर्दा किसानहरु पलाइन भई कुलग्रास्त उत्पादनमा विदेशबाट दूध आयात गर्नुपर्ने हुँदा व्यापार घाटा बढ्ने पनि देखिन्छ।
कतै कतै स्थानीय सरकारले दुग्ध व्यवसायको विकासको लागि प्रति लिटर दूध उत्पादनमा अनुदान दिएको पनि पाइन्छ जस्तै भरतपुर महानगरपालिकाले प्रति लिटर दूध उत्पादनमा प्रदेश सरकारबाट प्राप्त गर्ने रकममा थप गरी प्रति लिटर रु ४ रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

माडी नगरपालिकाले पनि प्रति लिटर ५ रुपैयाँका दरले दुग्ध उत्पादनमा अनुदान दिँदै आएको छ। हरेक पालिकाहरूले घाँस उत्पादनमा डेरीका उपकरणहरू खरिदमा गोठ सुधार गर्नको लागि वार्षिक रुपमा बजेट विनियोजन गरी किसानहरुलाई दुग्ध विकासमा लाग्नको लागि प्रेरित गरेको पनि पाइन्छ। नेपालमा दुग्ध उत्पादनको लागि रैथाने गाईवस्तु मात्र नभई विभिन्न जातका गाई तथा भैंसीहरु छिमेकी मुलुकहरु र अन्य मुलुकहरुबाट आएको पनि पाइन्छ । जसले गर्दा उन्नत नस्लका पशुहरू भित्रिनुको साथै देशबाट धेरै मोटा रकमहरू विदेशतर्फ निर्यात भएको पनि देखिन्छ।
नेपालमा पशु विकासको लागि थुप्रै प्रयासहरु भए तापनि उन्नत नस्लका दुग्ध दिने पशुहरूको स्रोत केन्द्र पर्याप्त मात्रामा रहेको पाइँदैन। यसबाट नेपालको आर्थिक अर्थतन्त्रमा ठूलो नोक्सानी बेहोरिरहेको पाइन्छ। छिमेकी राष्ट्र भारतबाट चोरी पैठारीको रूपमा उन्नत नस्लका गाईभैंसी भित्राइएका छन् जसले गर्दा नेपालको हावापानीमा ती गाईवस्तुहरुलाई व्यवस्थापन गर्न निकै ठूलो चुनौती परेको छ भने नेपाली रुपैयाँ विदेशमा पठाउनुपर्ने बाध्यता पनि छ।
नेपालमा विक्रम सम्वत १९१७ सालमा युरोपियन गाईहरूको आयातबाट दुग्ध क्षेत्रको विकास भएको पाइन्छ। त्यसैगरी हालसम्म भारत तथा अन्य मुलुकहरुबाट वार्षिक रुपमा २ अर्ब भन्दा बढीको दुख तथा दूधजन्य पदार्थहरू आयात भएको पाइन्छ। यस अर्थमा हामी बुझ्न सकिन्छ कि नेपालमा दुग्ध क्षेत्रको व्यवसाय असाध्यै राम्रो र सफल रहनेछ त्यसको लागि संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय तहहरूको भूमिका महत्वपूर्ण हुने पनि देखिन्छ एकजना स्वस्थ व्यक्तिको लागि वार्षिक रुपमा ९० लिटर दूधको आवश्यकता पर्दछ सोको पूर्ति उत्पादन भएको दूधले पुगेको देखिँदैन। गत वर्षको तुलनामा यस वर्ष २२ लाख६८ हजार मेट्रिक टन दूध उत्पादन भएको छ यो तथ्याङ्क गत वर्षको तुलनामा करिब करिब ४%ले थप भएको पाइन्छ ।
नेपालमा विशेष गरी स्थानीय भैंसीबाट सरदर दैनिक ८ लिटर दुध उत्पादन हुन्छ भने स्थानीय गाईहरूबाट १० लिटर दुध उत्पादन हुन्छ। त्यसो त विभिन्न देशहरूबाट आयात गरिएका गाई र आयात गरिएका उन्नत नष्ट नसलका गाईहरूबाट दैनिक १४ लिटर दूध उत्पादन हुँदै आएको छ। मुख्य आहाराको रुपमा घाँसलाई प्रयोग गरिएता पनि विभिन्न खालका कोशी तथा अकोशे घाँसहरू को बारेमा चेतना नहुँदा दूध उत्पादन लागत बढेको पनि पाइन्छ । सहर बजारतिर त पराल र दानामा आधारित गाईवस्तु पालेको पनि पाइन्छ। जसले गर्दा उत्पादन लागत बढी पर्न गई मुनाफा समेत कम हुने गर्दछ । त्यसकारण सकेसम्म दुध दिने वस्तुहरु को लागि हरियो घाँस मा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्न सकिन्छ ।
नेपालमा दुग्ध व्यवसायको विकास नहुनुमा अर्को एउटा पक्ष भनेको कृषि पेशालाई सम्मानित र भरपर्दो पेशाको रुपमा सरकार र समुदायले लिन नसक्नु हो। नेपालमा दुग्ध क्षेत्रको विकास गर्नको लागि एउटा राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहर भवनमा छ भने अन्य प्रदेश स्तरका दुग्ध विकास बोर्डहरु सातै प्रदेशमा रहेका छन्। यी बोर्डहरुले दुग्ध उत्पादक किसानहरुका समस्याहरुलाई समाधान गर्नको लागि र केही हदसम्म राहत प्रदान गर्नको लागि अनुदानका कार्यक्रमहरू लिएर किसान समक्ष पुगेको पनि पाइन्छ। स्थानीय स्तरमा हरेक पालिकामा पशु शाखा स्थापना गरी सेवा दिँदै आएको पाइन्छ भने प्रायजसो सबै जिल्लामा जिल्ला पशु सेवा कार्यालयको पनि स्थापना गरी पशुहरूको र दुग्ध क्षेत्रको विकास गरेको पाइन्छ।
यहाँ परियोजनाको धितोमा लगानी मिल्दैन उत्कृष्ट खालको तालिम व्यवस्थापन सम्बन्धी जानकारी प्राप्त गर्ने स्थानहरू नभएको कारण धेरै समस्याहरु पनि थपिएका छन्। दुग्ध व्यवसाय गर्ने युवाहरुलाई समाजमा घृणा गर्ने सरकारी कार्यालयहरूमा उचित सम्मान नगर्ने र राम्रो भन्दा पनि हाम्रोलाई बढी प्राथमिकता दिँदा यो क्षेत्रमा लागेका युवाहरु बाध्य भएर विदेशिनुपर्ने परिस्थिति छ। त्यसो त बेरोजगारको सूची ठूलै भएतापनि फार्महरूमा काम गर्ने मान्छेहरूको अभाव दुग्ध उत्पादनपछि बजारीकरणमा देखिएको बिचौलियापन सहकारीहरुले खेल्नुपर्ने भूमिका उचित नखेलेको कारण प्राइभेट सेक्टरका डेरी उद्यमीहरूले समयमा नै भुक्तानी नगर्दा यो पेशा दिनानुदिन संकटमा पर्दै गएको छ भने मर्यादित हुन सकेको छैन यसतर्फ पनि वर्तमान सरकार लागि पर्नुपर्ने देखिन्छ अर्को तर्फ विज्ञान एकातिर र विज्ञहरु एकातिर तर उत्पादन गर्ने किसानहरु एकातर्फ रहँदा यो क्षेत्रका समस्याहरू समाधान गर्न सकिएको छैन।
नेपालमा २०८२ साल जेठ १८ गते अर्थात् एक जुन २०२५ को दिन विश्व दुध दिवस भव्यता र सभ्यतापूर्वक मनाउनको लागि दूतको खपत बढाउ अर्थतन्त्र सबल बनाउँ भन्ने नारालाई अगाडि सारिएको छ ।
सापकोटा भरतपुर महानगरपालिका वडा नं ८ स्थित सौगात एनिमल फार्मका प्रबन्धक हुन् ।




