जङ्गली च्याउ खाँदा १३ जना बिरामी

मकवानपुर, १८ जेठ । च्याउ खाँदा १३ जना विरामी भएका छन् । चितवनमा ११ जना र मकवानपुरमा २ जना बिमारी परेकाे प्रहरीले जनाएकाे छ । शनिबार बिहान भरतपुर महानगरपालिका–२९ स्थित लामागाउँमा जङ्गली च्याउ खाँदा ५ जना बिरामी भएका छन् । जङ्गगली च्याउ खाँदा ४० वर्षीय धनबहादुर गुरुङ र ३५ वर्षीय माया गुरुङ गम्भीर बिरामी परेका […]

आँचल मकवानपुरद्वारा ‘बृहत् साँस्कृतिक तथा साहित्यिक कार्यक्रम’

मकवानपुर, १८ जेठ । मकवानपुरमा क्रियाशील रहेकाे महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले ‘बृहत् साँस्कृतिक तथा साहित्यिक कार्यक्रम’ गरेको छ । हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा आँचलले ४ वटा सम्मान प्रदान गरेको छ । विविध विषयमा संवाद र बहस समेत भएकाे कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका बालबालिकाहरु बीच कविता प्रतियाेगिता समेत गरेकाे छ । […]

संस्थागत विद्यालयबाट विश्वव्यापीरुपमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादन छन् : मदन पुरी

भरतपुर, १८ जेठ । गुणस्तरीय शिक्षाका माध्यमबाट विश्वव्यापीरुपमै प्रतिस्पर्धी जनशक्ति उत्पादनमा संस्थागत विद्यालयको भूमिका महत्त्वपूर्ण रहेको तथ्यमाथि जोड दिइएको छ । संस्थागत विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनद्वारा शनिबार आयोजित ‘संस्थागत विद्यालयहरुको योगदान, अवसर र चुनौती’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले उक्त तथ्यमाथि जोड दिएका हुन् । देशको समग्र शिक्षा प्रणालीमा […]

बालकुमारी कन्या माविमा रजस्वला स्वास्थ्य जनचेतना मेला

नारायणगढ, १८ जेठ । बालकुमारी कन्या माध्यमिक विद्यालय भरतपुर-२, चितवनमा रजस्वला स्वास्थ्य जनचेतना मेला सम्पन्न भएको छ । स्वस्त्याङ्गी, इनिसियशन फर चेन्ज, युवा नेपाल र ग्रेस इन्टरनेशनल चितवनको संयुक्त आयोजनामा मेला सम्पन्न भएको हो । विश्वभर मे महिनालाई `रजस्वला स्वास्थ्य जनचेतना महिना´ को रुपमा मनाईने गरिन्छ । मे महिनाको अवसर पारी स्कुल पढने किशोरकिशोरीलाई लक्षित […]

विश्व दूध दिवस २०२५ : उत्पादन, समस्या र सम्भावनाको समीक्षा

सन् २००१ मा संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ ) ले अन्तर्राष्ट्रिय दुग्ध दिवस मनाउने भनेर घोषणा गरेको हो I २५ वर्ष भइसक्यो दूध क्षेत्रको बारेमा अन्तर्राष्ट्रिय जगतबाट यसरी मनाउन लागिएको नेपालमा भने २०११ सालबाट राष्ट्रिय दुग्ध दिवस मनाउन थालिएको छ। नेपालमा कुल ग्रास्त उत्पादनको करिब ९ प्रतिशत योगदान दुग्ध क्षेत्रको रहेको देखिन्छ।  […]