बालकुमारी कन्या माविमा रजस्वला स्वास्थ्य जनचेतना मेला

नारायणगढ, १८ जेठ ।
बालकुमारी कन्या माध्यमिक विद्यालय भरतपुर-२, चितवनमा रजस्वला स्वास्थ्य जनचेतना मेला सम्पन्न भएको छ । स्वस्त्याङ्गी, इनिसियशन फर चेन्ज, युवा नेपाल र ग्रेस इन्टरनेशनल चितवनको संयुक्त आयोजनामा मेला सम्पन्न भएको हो ।


विश्वभर मे महिनालाई `रजस्वला स्वास्थ्य जनचेतना महिना´ को रुपमा मनाईने गरिन्छ । मे महिनाको अवसर पारी स्कुल पढने किशोरकिशोरीलाई लक्षित गरेर आयोजना गरिएको उक्त मेलामा बालकुमारी कन्या मावि र लिटल फ्लावर स्कुलका ३०० बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।

मेलामा कुल ८ ओटा स्टलहरु थिए । हरेक स्टल रजस्वलाका विभिन्न विधाका लागि निर्धारित थिए । अन्तर्क्रिया र छलफलका साथै विद्यार्थीहरु्का लागि खेलहरु र फेस पेन्टिङका स्टलहरु पनि राखिएको थियो । यसका सथै सोही दिन रजस्वला शीर्षकमा चित्रकला प्रतिस्पर्धा समेत आयोजना गरिएको थियो । यस किसिमको रजस्वला स्वास्थ्य जनचेतना मेला चितवनमै पहिलोपटक आयोजना गरिएको स्वस्त्याङ्गीको सह-संस्थापक अश्नना अवस्थीले जानकरी दिनु भयो ।

स्वास्त्याङ्गी, पुरानो मेडिकल कलेजमा एमबिबिएस अध्यनरत विद्यार्थीहरुले स्थापना गरेको एक सामाजिक संस्था हो । विशेषत: महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने यस संस्थाले बिगतका दिनहरुदेखि भरतपुरका विभिन्न विद्यालयमा अध्यनरत छात्राहरुलाई महिनावारीको सुरुवात, महिनावारीको समयमा प्रयोग गर्नुपर्ने स्यानिटरी नयाप्किन, मेनसुरल कप, टेमपुन र यसका साथै महिनावारीको बेलाका समस्या र यसका समाधानबारे अभिमुखीकरणको कार्यक्रम गर्दैआइरहको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट