मकवानपुर, १८ जेठ ।
च्याउ खाँदा १३ जना विरामी भएका छन् । चितवनमा ११ जना र मकवानपुरमा २ जना बिमारी परेकाे प्रहरीले जनाएकाे छ ।
शनिबार बिहान भरतपुर महानगरपालिका–२९ स्थित लामागाउँमा जङ्गली च्याउ खाँदा ५ जना बिरामी भएका छन् । जङ्गगली च्याउ खाँदा ४० वर्षीय धनबहादुर गुरुङ र ३५ वर्षीय माया गुरुङ गम्भीर बिरामी परेका छन् । ८१ वर्षीया पुन्टी गुरुङ, ४ वर्षीया आरिया गुरुङ र ४५ वर्षीया सानुमाया परियारको अवस्था मध्यम रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । धनबहादुर, माया, पुन्टी र आरिया एउटै परिवारका सदस्य हुन भने सानुमाया गुरुङ परिवारको छिमेकी हुन् ।
यस्तै राप्ती नगरपालिका–११, कोराकमा जंङ्गली च्याउ खाँदा एकै परिवारका ६ जना विरामी परेका छन् । च्याउ खाएर ३० वर्षीया मतिमाया प्रजा, ३५ वर्षीया बुद्धिमाया प्रजा, ११ वर्षीया जुनिसा प्रजा, ९ वर्षीया रेनिसा प्रजा, ७ वर्षीय अमृत प्रजा र २५ महिने शिशु सलिन प्रजा घाइते भएका छन् । उनीहरु सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८, ओकरेमा २ जना विरामी भएका छन् । आफ्नै बारीमा उम्रेको च्याउ खाँदा मकवानपुरगढी–८, ओकरेका ६१ वर्षीय वीरबहादुर तितुङ र उनका छोरा ८ वर्षीय वसन्त तितुङ विरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । शनिबार बिहान ९ बजेको समयमा च्याउ खाएर बिरामी परेका वीरबहादुर र वसन्तलाई शनिबार दिउँसो हेटौंडा–१ स्थित सञ्चो अस्पतालमा उपचारका लागि लगिएको थियो । दुबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।





