तीन तहको सरकारको मिलेन तालमेल

मकवानपुर, १० जेठ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले तीन तहको सरकारको तालमेल नमिलेको बताएका छन् । शुक्रबार हेटौंडामा दुई दिने प्रदेश अन्तरगत गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सेवा प्रवाहका क्रममा कार्यसम्पादनमा परेका समस्या र कानूनी साक्षरता सम्बन्धी अभिमूखीकरणमा उनले यस्तो बताएका हुन् ।

अभिमूखीकरण उद्घाटन गर्दै संघीयता पछिको तीन तह सरकारको तालमेल, समन्वयकारी भूमिका नहुँदा समस्या उत्पन्न भएको उनले बताए ।  ‘संविधानमा तीनै तहका सरकारलाई एकल अधिकार प्रत्यायोजन गरिएको छ, तर यहाँ एक आपसमा असमझदारी पैदा भएकाले कार्य सम्पादनमा समस्या देखा परेको छ’ मुख्यमन्त्री लामाले भने ।

सबैले एकल अधिकार प्रयोग गरेर ऐन कानून निर्माण गरी सरकार चलिरहेको उनले बताए । ‘उपलब्धीमूलक काम आजको आवश्यकता हो’ उनले भने ‘स्थानीय सरकारले प्रदेश सरकारले स्थापना गरेको योजना बैंकमा आफ्नो योजनाहरु दर्ता गर्नु पर्छ ।’

योजना बैंकमा  ५७ वटा पूर्वाधारका योजनाहरु रहेका छन्, हाम्रो एकल अधिकारमा प्रादेशिक सडकमात्रै पर्दछन् । अर्थतन्त्र बिग्रिन्छ भनेर नीति कार्यक्रम र बजेट घटाएर ल्याएको मुख्यमन्त्री लामाले जानकारी दिए । अधुरा योजना धेरै छन् सानातिना गरेर १७ हजार भन्दा बढी योजना छ त्यसलाई सम्पन्न गर्न निकै कठिन रहेको मुख्यमन्त्री लामाले बताए ।

काम गर्न सार्वजनिक ऐनले गर्दा गाह्रो छ । बजेट पास गर्नु छ, माननीयलाई पनि मनाउनु पर्छ, आफ्नो क्षेत्रका स्थानीय तह पनि हेर्नै पर्यो, सबैतिर हेर्दाहेर्दै बजेटमा सबै योजना समेट्न नसक्दा स्थानीय तहका बहुवर्षीय हुने खालका एकएक वटा योजना दर्ता गर्न आग्रह गरे ।

गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशका सचिव कान्छालाल जिम्बाले स्थानीय सरकारका समस्या, समस्या समाधानका सवालका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ, नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना, महासंघका सल्लाहकार वंशलाल तामाङले आफ्नो विचार राखेका थिए ।

महासंघ प्रदेश समितिका अध्यक्ष कर्णबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाल, पूर्व आयोगका उपाध्यक्ष डा. खीमलाल देवकोटा, मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार विनोद शाह, महासंघका केन्द्रीय कार्यसम्पादन समिति सदस्य लोकबहादुर मुक्तान र दीपा बोहरा, केन्द्रीय सदस्य सीतामाया गुदु, सञ्जु प्याकुरेललगायतको आतिथ्यता रहेको थियो । अभिमूखीकरण कार्यक्रम शनिबार समापन हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट