कविडाँडामा विनोदी, पौडेल र घिमिरे सम्मानित

रामकृष्ण अनायास भरतपुर, १० जेठ । कविडाँडा साहित्य समाज चितवनले २२ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न पुरस्कार तथा सम्मानहरू प्रदान गरेको छ । शनिबार कविडाँडाको कार्यालय कैलासनगरमा आयोजित कार्यक्रममा कविडाँडा कृति पुरस्कार- २०८१ बाट `अलङ्कार इन्द्रेनी´ काव्यका लागि कवि गोविन्दराज विनोदी, कविडाँडा देव-खिना स्मृति पुरस्कार – २०८२ बाट कवि लकास पौडेल र कविडाँडा वाङ्मयी युवा प्रतिभा […]
लेट्स टकमा `मैले पढेको पुस्तक´ कार्यक्रम

भरतपुर, १० जेठ । लेट्स टकको ८९ औँ शृङ्खलामा `मैले पढेको पुस्तक´ कार्यक्रम गरिएको छ । बागेश्वरी असल शासन क्लब चितवनसँगको सहकार्यमा गरिएको कार्यक्रममा ४ जनाले आफूले पढेका किताबको चर्चा गर्नुभएको छ । कार्यक्रममा रिवाज अर्यालले वसन्त बस्नेतको उपन्यास `सिमसारा´, तेजेन्द्र रानाले डाक्टर भेषबहादुर थापाको `राष्ट्र परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म´, अपिल घिमिरेले रमेश भुसालको `छालबाटो´ […]
बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
मकवानपुर, १० जेठ । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १४ गते आउने भएको छ । प्रदेश सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम पेश गर्न प्रदेश सभाकाे बैठक १४ जेठ १ बजेका लागि बाेलाइएकाे छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत प्रदेश सभामा पेश […]
फूलबारी राइनो फुटबलको उपाधि फूलबारी युथलाई

भरतपुर, १० जेठ । फूलबारी थुथ क्लबले प्रथम फूलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ | उपाधि भिडन्तमा खेलकुद विकास समिति भरतपुर ६ लाई हराउँदै फूलबारी युथ च्याम्पियन बनेको हो । श्रीपुर खेल मैदान भरतपुर- १५ मा भएको फाइनलमा फूलबारी ४-१ ले विजयी भयो । फूलबारी युथका रोशन क्षेत्री फाइनलको […]
तीन तहको सरकारको मिलेन तालमेल

मकवानपुर, १० जेठ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले तीन तहको सरकारको तालमेल नमिलेको बताएका छन् । शुक्रबार हेटौंडामा दुई दिने प्रदेश अन्तरगत गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सेवा प्रवाहका क्रममा कार्यसम्पादनमा परेका समस्या र कानूनी साक्षरता सम्बन्धी अभिमूखीकरणमा उनले यस्तो बताएका हुन् । अभिमूखीकरण उद्घाटन गर्दै संघीयता पछिको तीन तह सरकारको तालमेल, समन्वयकारी भूमिका नहुँदा समस्या उत्पन्न […]