रामकृष्ण अनायास
भरतपुर, १० जेठ ।
कविडाँडा साहित्य समाज चितवनले २२ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न पुरस्कार तथा सम्मानहरू प्रदान गरेको छ ।
शनिबार कविडाँडाको कार्यालय कैलासनगरमा आयोजित कार्यक्रममा कविडाँडा कृति पुरस्कार- २०८१ बाट `अलङ्कार इन्द्रेनी´ काव्यका लागि कवि गोविन्दराज विनोदी, कविडाँडा देव-खिना स्मृति पुरस्कार – २०८२
बाट कवि लकास पौडेल र कविडाँडा वाङ्मयी युवा प्रतिभा पुरस्कार – २०८२
बाट गजलकार अविरत सुमन (सुमन घिमिरे)लाई सम्मान गरिएको छ ।
कार्यक्रमका सभापति एलबी क्षेत्री, प्रमुख अतिथि रामबाबु घिमिरे र लालमीना फाउन्डेसनकी संस्थापक मीना लामिछानेले दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गर्नुभएको हो । तीन वटै पुरस्कारको राशि जनही १५ हजार १६० रुपैयाँ छ ।
कार्यक्रममा कवि सुरेन्द्र अस्तफलले सम्मानित स्रस्टाका बारेमा बोल्नुभएको थियो भने कवि भूपिनले कविता विषयमा विद्वत् प्रवचन राख्नुभएको थियो । कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं र कवि एकदेव रिमालले शुभकामना मन्तव्यसहित कविता वाचन गर्नुभएको थियो ।
समाजका उपाध्यक्ष सीताराम कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।




