लेट्स टकमा `मैले पढेको पुस्तक´ कार्यक्रम

भरतपुर, १० जेठ ।
लेट्स टकको ८९ औँ शृङ्खलामा `मैले पढेको पुस्तक´ कार्यक्रम गरिएको छ । बागेश्वरी असल शासन क्लब चितवनसँगको सहकार्यमा गरिएको कार्यक्रममा ४ जनाले आफूले पढेका किताबको चर्चा गर्नुभएको छ ।

कार्यक्रममा रिवाज अर्यालले वसन्त बस्नेतको उपन्यास `सिमसारा´, तेजेन्द्र रानाले डाक्टर भेषबहादुर थापाको `राष्ट्र परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म´, अपिल घिमिरेले रमेश भुसालको `छालबाटो´ र सुजाता देवकोटाले पत्रकार घनश्याम खड्काको `आनन्द संहिता´ किताबको चर्चा गर्नुभयो ।

समालोचक उदय अधिकारीले ४ जना पाठकको समीक्षात्मक टिप्पणी राम्रो भएको प्रतिक्रिया दिनुभयो । त्यसैगरी शून्य नयनले आफू पनि नियमितरूपमा किताब पढिरहेको बताउँदै आजका टिप्पणीकारको प्रस्तुति राम्रो लागेको बताउनु भयो ।
कार्यक्रमलाई लेट्स टकका संयोजक आकाश पौडेलले सहजीकरण गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट