चितवन, ३० वैशाख ।
प्रदेश युवा परिषद्द्वारा आयोजना गरिएको बागमती प्रदेश युवा सम्मेलन-२०८२ को विशेष समारोहमा चितवनका युवा उद्यमी तथा समाजिक अभियन्ता रामचन्द्र लम्साल सम्मानित हुनुभएको छ ।
प्रदेश युवा परिषद् जिल्ला समिति चितवनका अध्यक्ष समेत रहनुभएका लम्सालले युवाहरूमा सकारात्मक सोच, सीप र नेतृत्व विकास सम्बन्धी कार्यमा महत्वपूर्ण योगदान पुर्याउनु भएबापत कदरपत्रले सम्मान गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तथा युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले संयुक्तरुपमा कदरपत्र प्रदान गर्नुभएको हो ।
चितवनका हजार बढी युवाहरूलाई सीप तथा रोजगारीसँग जोड्न अध्यक्षको महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका लम्साल चितवनका विभिन्न सामाजिक अभियान एवं समृद्धिका लागि युवा अभियान माडीमा समेत सक्रिय हुनुहुन्छ ।





