प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

काठमाडौँ, ३० वैशाख । नेपाल प्रेस युनियनको आयोजनामा वैशाख २७ गतेबाट सुरु भएको लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट २० बुँदे घोषणापत्र जारी गर्दै मंगलबार सकिएको छ । ललितपुरमा सुरु भएको समिट पोखरा र मुस्ताङको जोमसोम हुँदै लोमन्थाङमा पुगेर घोषणापत्र जारी गरिएको हो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले लोमन्थाङमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरे । […]
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

मकवानपुर, ३० वैशाख । मकवानपुरकाे हेटौंडामा भएकाे प्रदेश युवा सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै समापन भएकाे छ । ‘सिर्जनशीलता र उद्यमशीलता प्रवर्धनः बागमतीमा युवा सशक्तीकरण’ भन्ने नाराका साथ सुरु युवा सम्मेलनले प्रदेशको समृद्धि र सुशासनका लागि युवालाई निर्णायक शक्ति बनाउने संकल्प सहितको १० बुद्धे घोषणापत्र जारी गरेको छ । वैशाख २८ गतेबाट सुरु सम्मेलनकाे […]
चितवनका युवा उद्यमी लम्साल सम्मानित

चितवन, ३० वैशाख । प्रदेश युवा परिषद्द्वारा आयोजना गरिएको बागमती प्रदेश युवा सम्मेलन-२०८२ को विशेष समारोहमा चितवनका युवा उद्यमी तथा समाजिक अभियन्ता रामचन्द्र लम्साल सम्मानित हुनुभएको छ । प्रदेश युवा परिषद् जिल्ला समिति चितवनका अध्यक्ष समेत रहनुभएका लम्सालले युवाहरूमा सकारात्मक सोच, सीप र नेतृत्व विकास सम्बन्धी कार्यमा महत्वपूर्ण योगदान पुर्याउनु भएबापत कदरपत्रले सम्मान गरिएको हो […]
मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

मध्यविन्दु, ३० वैशाख । मध्यविन्दु नगरपालिकामा स्थापना गरिएको नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशालाको मंगलबार एक समारोहबिच नगर प्रमुख भीमलाल अधिकारीले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले उक्त प्रयोगशाला विद्यार्थीहरूका लागि ज्ञान र सीप अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गर्नुभयो । “यो प्रयोगशालाले विद्यार्थीहरूमा नयाँ ऊर्जा, जिज्ञासा र सिर्जनशीलताको विकास […]
डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

भरतपुर, ३० वैशाख । फर्मा होल्डिङ ईन्भेष्टमेन्ट प्रालि र विभिन्न व्यवसायीहरुको संयुक्त लगानीमा डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औं शाखा चितवनमा शुभारम्भ भएको छ । २४ वर्षदेखि नेपालमा कन्सल्टेन्सी व्यवसायमा विश्वास जितेको डल्फिन एजुकेशन कन्सल्टेन्सीले सोमबार बुद्ध जयन्तीको अवसर पारेर शाखा उद्घाटन गरको हो । निशान हमाल प्रवन्ध निर्देशक रहेको यस शाखाको उद्घाटन समारोहमा बोल्दै डल्फिन […]
बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने
काठमाडौं, ३० वैशाख । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाएपछि यो कदम आएको हो । यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा […]
धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

काठमाडौँ, ३० वैशाख । पराक्रम बालप्रतिभा पुरस्कार- २०८१ बाट धादिङकी प्रतिभाशाली बालिका प्राप्ति सुवेदी पुरस्कृत भएकी छिन् । कीर्तिपुरस्थित लेबोेरेटरी स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा प्राप्तिलाई प्रतिकूल शारीरिक अवस्थाका बावजुद अध्ययन, साहित्य सिर्जना र सङ्गीत क्षेत्रमा असामान्य प्रतिभा देखाएको हुँदा पुरस्कृत गरिएको पुरस्कारलाई व्यवस्थापन गर्दै आएको संस्था पर्वतीय साहित्य समाज नेपालकी सचिव साहित्यकार भवानी […]
चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

मकवानपुर, ३० वैशाख । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएकाे छ । चलचित्र पत्रकार अनन्त वाग्ले, रंग सम्पादक रेनिश फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई संघले पुरस्कारसहित सम्मान गर्ने भएको हाे । मंगलबार बसेको संघको बैठकले नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र […]
नेपाल समाजका संरक्षकहरु चयन

स्पेन, ३० वैशाख । नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले संरक्षकहरु चयन गरेको छ । मोराइरामा बसेको कार्यसमितिको बैठकले संरक्षकहरु तय गरेको हो । समाजले पूर्वअध्यक्षहरु रितेश श्रेष्ठ, अक्कल बोहोरा, केशवराज कँडेल, विनोद शेरचन, एनआरएनए कोष्टाव्लाङ्का पूर्वअध्यक्ष सुरेन्द्र भुजेल थापा , देवराज सापकोटा, समाजका निवर्तमान अध्यक्ष नवराज दुवाडीलाई संरक्षक चयन गरेको छ । यस्तै एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष […]