डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

भरतपुर, ३० वैशाख ।
फर्मा होल्डिङ ईन्भेष्टमेन्ट प्रालि र विभिन्न व्यवसायीहरुको संयुक्त लगानीमा डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औं शाखा चितवनमा शुभारम्भ भएको छ । २४ वर्षदेखि नेपालमा कन्सल्टेन्सी व्यवसायमा विश्वास जितेको डल्फिन एजुकेशन कन्सल्टेन्सीले सोमबार बुद्ध जयन्तीको अवसर पारेर शाखा उद्घाटन गरको हो ।

निशान हमाल प्रवन्ध निर्देशक रहेको यस शाखाको उद्घाटन समारोहमा बोल्दै डल्फिन एजुकेशन कन्सल्टेन्सी काठमाडौंका अध्यक्ष प्रेम पाण्डेले डल्फिनले उच्च शिक्षाको लागि बिदेशमा जाने विधार्थीहरुलाई राम्रो परामर्श दिएको र विदेशका उत्कृष्ट कलेज तथा विश्वविद्यालयहरुसँगको सहकार्यले पनि विद्यार्थीहरुमाझ विश्वास जितेको बताउनुभयो । उहाँले ईमान्दारिताका साथ काम गर्न र उचित सेवा प्रदान गरी विश्वास जित्नेगरी काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि डल्फिन एजुकेशनका जनरल म्यानेजर समेन्द्र खड्का, एक्यान चितवनका सचिव विकास तिवारी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनका सहसचिव सुजन ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

डल्फिन एजुकेशन कन्सल्टेन्सी चितवनको शाखा भरतपुुर – १, लायन्सचोक, नारायणगढमा रहेको छ भने यसले बिदेशमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुका लागि परामर्श, भाषा सम्बन्धी शैक्षिक पठनपाठनका साथै विद्यार्थीहरुका लागि सम्पूर्ण भिषा प्रकृयाहरुको सेवा प्रदान गर्दछ । यसले विशेषगरी न्यूजिल्याण्ड, यूके, अष्ट्रेलिया, अमेरिका, क्यानडा, स्पेनलगायतका देशका लागि भिषा प्रक्रियाको काम गर्दछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट