धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

काठमाडौँ, ३० वैशाख ।
पराक्रम बालप्रतिभा पुरस्कार- २०८१ बाट धादिङकी प्रतिभाशाली बालिका प्राप्ति सुवेदी पुरस्कृत भएकी छिन् । कीर्तिपुरस्थित लेबोेरेटरी स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा प्राप्तिलाई प्रतिकूल शारीरिक अवस्थाका बावजुद अध्ययन, साहित्य सिर्जना र सङ्गीत क्षेत्रमा असामान्य प्रतिभा देखाएको हुँदा पुरस्कृत गरिएको पुरस्कारलाई व्यवस्थापन गर्दै आएको संस्था पर्वतीय साहित्य समाज नेपालकी सचिव साहित्यकार भवानी खतिवडाले बताइन् । पुस्कारमा १५ हजार नगद राशिसहित प्रमाणपत्र रहेको छ ।

साहित्यसेवी महेश पौड्याल र रमा अधिकारी दम्पतीले आफ्ना दिवङ्गत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कारलाई प्रमुख अतिथि साहित्यकार प्रतीक ढकाल तथा लेबोरेटरी स्कुलका प्रिन्सिपल डा. लाक्पा शेर्पाले संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा पौड्यालदम्पतीका अतिरिक्त समालोचक पौड्यालकी आमा पुष्पाकुमारी पौड्याल, नियात्राकार तथा पर्वतीय साहित्य समाजकी सचिव भवानी खतिवडा, कथाकार तथा समालोचक डा. अकोश थापा, कवि तथा समालोचक महेश कार्की क्षितिज, कथाकार तथा पत्रकार लक्ष्मण वियोगी, सङ्गीतकार रमेश सुवेदी, पर्वतीय अनुशन्धाता शिव गैरे तथा युवराज गैरे, तथा ल्याबोरेटरी स्कुलका शिक्षक, शिक्षिका तथा विद्यार्थीहहरूको उपस्थिति थियो ।

यस अवसरमा बोल्दै पुरस्कृत प्रतिभा सुवेदीले यस पुरस्कारले आफूलाई साहित्य र सङ्गीतमा अझ समर्पित भएर लाग्न प्रोत्साहित गरेको बताइन् । प्रिन्सिपल डा. शेर्पाले आफ्नो स्कुलकी विद्यार्थीको प्रतिभा राष्ट्रस्तरका छनोटकर्ताहरूको नगरमा पर्न सफल भएको भन्दै गौरव लागेको बनाउनुभयो । प्रमुख अतिथि ढकालले भने हिमालको उचाइमा सधैँ प्रथम हुने नेपाल राष्ट्रका छोरा वा छोरी प्रतिभामा पनि अब्बल हुने जिकिर गर्नुभयो ।

२०७५ मा स्थापित यस पुरस्कारबाट यसअघि कवि दर्शन केसी शङ्कु, गायक प्रेम चेपाङ, कुशल वक्ता तारा तामाङ, तथा कुशल गायकहरू एलिशा फुयाल, योगेश राई र मनुमाया प्रजा पुरस्कृत भइसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library