मध्यविन्दु, ३० वैशाख ।
मध्यविन्दु नगरपालिकामा स्थापना गरिएको नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशालाको मंगलबार एक समारोहबिच नगर प्रमुख भीमलाल अधिकारीले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले उक्त प्रयोगशाला विद्यार्थीहरूका लागि ज्ञान र सीप अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गर्नुभयो ।
“यो प्रयोगशालाले विद्यार्थीहरूमा नयाँ ऊर्जा, जिज्ञासा र सिर्जनशीलताको विकास गर्नुका साथै गणित तथा विज्ञान विषय पढाउने शिक्षकहरूको अध्ययन, अनुसन्धान र पठनपाठनमा समेत सहयोग पुर्याउनेछ ।” नगरप्रमुख अधिकारीले भन्नुभयो ।





