ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

भरतपुर, २८ वैशाख ।
भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीले नमुना मतदान गरेका छन् । विद्यालयका कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले नमुना मतदान गरेर विद्यालय कप्तान, उपकप्तान र विभिन्न सदनका नायक र सहनायक चयन गरेका हुन् ।

प्रत्यक्ष निर्वाचन पद्धतिमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक सत्र २०८२ का लागि आ-आफ्ना प्रतिनिधि चुनेका हुन् । १२ पदका लागि भएको निर्वाचनमा कुल २५ जना उम्मेदवारहरु रहेका थिए । विद्यालय कप्तान र उपकप्तान छात्र र छात्रा तथा ४ सदन का नायक-सहनायक गरी जम्मा १२ जनाका लागि निर्वाचन भएको विद्यालयकी प्राचार्य इन्दिरा कार्कीले जानकारी दिईन् ।

जसबाट विद्यालय कप्तानमा छात्रतर्फ स्वरुप बोहोरा तथा उप कप्तानमा सफल दाहाल निर्वाचित भएका छन् । यस्तै छात्रातर्फ कप्तानमा पुर्णिमा कुमारी मण्डल र उपकप्तानमा विविशा श्रेष्ठ निर्वाचित भएका छन् । चार सदनका नायक र सहनायकमा निलो सदनबाट छात्रमा परिक्षित न्यौपाने, छात्रामा सआसा शिहं क्षेत्री, हरियोबाट छात्रमा सिद कंडेल, छात्रामा रोस्मिता श्रेष्ठ, रातोबाट छात्रामा आयुषा कार्की, छात्रमा संस्कार सेढाईं र पहेँलोमा छात्रामा स्नेहा कुमारी कलवार, छात्रमा रेहान देवकोटा, निर्वाचित भएका छन् ।

नमुना निर्वाचन अधिकृत विद्यालयका अतिरिक्त कृयाकलाप विभाग प्रमुख सन्देश घिमिरेले गत वर्षदेखि थालनी भएको विद्यार्थी नेतृत्व निर्वाचन मार्फत छनौट गर्ने यो प्रक्रिया मार्फत विद्यार्थीले प्रजातान्त्रीक निर्वाचन प्रणाली बुझ्ने मौका पाएको बताए । उम्मेदवारी मनोनयन, निर्वाचन आचारसंहिता, दावी बिरोध, उम्मेदवारी फिर्ता र प्रचार प्रसारको लागि निश्चित समय समेत दिएर निर्वाचन गरिएको थियो ।

यसले विद्यार्थीहरुमा सहज, सरल र स्वभाविक रुपमा नेतृत्व क्षमताको विकास गर्न मद्त मिल्ने प्राचार्य कार्कीले बताईन् । राजनीतिक सामाजिकीकरण अभ्यास र विकास गराउने पनि यसले सहयोग पुग्ने कार्कीको भनाइ थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट