आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

गैंडाकोट, २८ वैशाख आइएमई ग्रुपको लगानीमा गैंडाकोट नगरपालिका–१, मौलाकालिका डाँडामा स्थापना भएको इला होटल तथा रिसोर्ट मौलाकाली औपचारिक रुपमा सञ्चालनमा आउँदैछ । सोमबार औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार दिउँसो ४:३० बजे होटल उद्घाटन गर्ने कार्यक्रम रहेको मौलाकाली केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी […]

बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ५ गते

मकवानपुर, २८ वैशाख । बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ५ गतेका लागि आह्वान गरिएकाे छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेठ ५ गतेका लागि प्रदेश सभाकाे बजेट अधिवेशन समेत भनिने वर्षे अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सरकारको सिफारिसमा उनले जेठ ५ गते बिहान ११ बजेका लागि बैठक आह्वान गरेकाे प्रदेश प्रमुखकाे कार्यालयका प्रवक्ता देवेन्द्र […]

मकवानपुरमा लागुऔषधसहित ६ जना पक्राउ

मकवानपुर, २३ वैशाख । मकवानपुर प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका ६ जनामध्ये एकजना लागुऔषध कारोबारी समेत भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१३ बाट शनिबार दिउँसो २ बजेको समयमा २५ वर्षीय अजित दोङ र २१ वर्षीय विनय लामाको साथबाट २५ क्याप्सुल लागूऔषध ट्रामाडोलसहित पक्राउ […]

युवा पलायन रोक्न चुनौती

मकवानपुर, २८ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले युवालाई रोजगारी र उत्पादनसँग आबद्ध गर्नु र युवा पलायन रोक्नु गम्भीर चुनौती रहेकाे बताएका छन् । आइतबारबाट हेटौंडामा सुरु भएको प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले कृषि क्षेत्रमा युवा शक्तिलाई आकर्षित गर्न सिप विकास तालिम, बिउ पुँजी, प्रविधि हस्तान्तरण र व्याज अनुदान दिने कार्यक्रमहरू सञ्चालन […]

अङ्कुरम् एसइई गर्ल्स बास्केटबलमा ह्वाइट हाउस पहिलो

चितवन, २८ वैशाख । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा सम्पन्न ‘एसइई गर्ल्स बास्केटबल टुर्नामेन्ट’मा ह्वाइट हाउस एजुकेसन इन्टिच्युटले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगिताको फाइनलमा शिक्षा विकास इङ्लिस बोर्डिङ स्कुललाई ह्वाइट हाउसले १६-१८ स्कोरले पराजित गरेको हो । विजेता ह्वाइट हाउसले नगद पुरस्कार १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता बनेको […]

भीमसेनका विद्यार्थीलाई वातावरणीय सचेतना बारेमा व्यवहारिक ज्ञान

देवचुली, २८ वैशाख । भविष्यका वातावरणीय संरक्षक तयार पार्ने लक्ष्यसहित भीमसेन आदर्श माध्यमिक विद्यालय देबचुलीमा आईतबार विशेष कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरूलाई जैविक विविधता संरक्षण र वातावरणीय सचेतनाबारे व्यवहारिक ज्ञान दिइएको छ । कार्यक्रम ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाको आयोजना तथा डिभिजन वन कार्यालय नवलपुरको सहयोगमा सम्पन्न भएको हो । […]

ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

भरतपुर, २८ वैशाख । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीले नमुना मतदान गरेका छन् । विद्यालयका कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले नमुना मतदान गरेर विद्यालय कप्तान, उपकप्तान र विभिन्न सदनका नायक र सहनायक चयन गरेका हुन् । प्रत्यक्ष निर्वाचन पद्धतिमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक सत्र २०८२ का लागि आ-आफ्ना प्रतिनिधि चुनेका हुन् । १२ […]

निर्माणमैत्री कानुन नबन्दा निर्माण व्यवसायी समस्यामा

मकवानपुर, २८ वैशाख । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माणमैत्री कानुन नबन्दा निर्माण व्यवसायी समस्यामा पर्दै आएको बताएका छन् । अहिले देशको आवश्यकता र चाहना देशको विकास र समृद्धि भएको भन्दै उनले पूर्वाधार निर्माणलाई गति दिन र गुणस्तरीय निर्माणका लागि निर्माण मैत्री र विकासमैत्री ऐेन कानुन आवश्यक भएको बताए । निर्माण व्यवसायी संघ […]