अङ्कुरम् एसइई गर्ल्स बास्केटबलमा ह्वाइट हाउस पहिलो

चितवन, २८ वैशाख ।
भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा सम्पन्न ‘एसइई गर्ल्स बास्केटबल टुर्नामेन्ट’मा ह्वाइट हाउस एजुकेसन इन्टिच्युटले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगिताको फाइनलमा शिक्षा विकास इङ्लिस बोर्डिङ स्कुललाई ह्वाइट हाउसले १६-१८ स्कोरले पराजित गरेको हो ।
विजेता ह्वाइट हाउसले नगद पुरस्कार १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता बनेको शिक्षा विकासले नगद सात हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

फाइनल प्रवेशसँगै दुवै टिमलाई चार क्वाटरमा खेलाइएको र प्रत्येक क्वाटर ७ मिनेटको रहेको प्रतियोगिताको संयोजन गरेका मिलन दुराले जानकारी दिए । फाइनलमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेको उनले बताए ।

यसअघि चैत अन्तिम साता सम्पन्न एसइई फुटसल कपमा कुल ६४ टिमको उत्साहजनक सहभागिता रहेको तर चितवनमा खेलप्रति छात्राहरूको उपस्थिति न्यून रहेको महसुस गरी एसइई दिएर बसेका छात्राहरूका लागि बास्केटब प्रतियोगिताको आयोजना गरिएको प्लस २ निर्देशक डा आरएन धितालले बताए ।

अतिरिक्त क्रियाकलापसम्बन्धी गतिविधिमा केन्द्रित रहेर विविध कार्यक्रमको आयोजना गरिरहेको विद्यालयले आगामी जेठ ३ गते ‘एसइई डिजिटल क्विज कम्पिटिसन’को आयोजना गर्न लागेको र सो कार्यक्रमका लागि २२ वटा टिम दर्ता भइसकेको उनले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library