बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ५ गते

मकवानपुर, २८ वैशाख ।
बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ५ गतेका लागि आह्वान गरिएकाे छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेठ ५ गतेका लागि प्रदेश सभाकाे बजेट अधिवेशन समेत भनिने वर्षे अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सरकारको सिफारिसमा उनले जेठ ५ गते बिहान ११ बजेका लागि बैठक आह्वान गरेकाे प्रदेश प्रमुखकाे कार्यालयका प्रवक्ता देवेन्द्र सापकाेटाले जानकारी दिए । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको सोह्रौं अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सरकारको वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि प्रदेशसभाको हिउँदे अधिवेशन गत चैत २० गते अन्त्य गरिएको थियो । प्रदेशसभाको बैठक गत माघ २६ गतेदेखि बस्न सकेको छैन । गत चैत १९ र २० गतेकाे लागि बाेलाइएकाे बैठक समेत सत्तापक्ष र प्रतिपक्षकाे विवादकाे कारण संचालन हुन सकेन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट