मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने

मकवानपुर, २७ वैशाख ।
हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । वैशाख २७ गतेबाट ३ दिनसम्म सञ्चालन हुने सम्मेलनको विषयमा शुक्रबार पत्रकार भेटघाट गरेर जानकारी गराएको छ ।

सम्मेलनमा देश–विदेशबाट एक सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । केही प्रतिनिधि र केही विज्ञ भने अनलाईनमार्फत नै सहभागी हुने मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले जानकारी दिए । ‘दीगो विकासका लक्ष्यको स्थानीयकरण : युवाको क्षमता विकास’ भन्ने मूल आशयका हुने सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गर्ने भएका छन् । सम्मेलनमा विभिन्न प्राज्ञिक अध्ययन, अनुसन्धानको प्रस्तुति रहनेछ ।

सम्मेलनले स्थानीयस्तरमा दीगो विकासका लक्ष्यहरुलाई समायोजन गर्ने, युवा विद्यार्थीहरुको सक्षमता अभिवृद्धि गर्ने, दीगो विकासका लक्ष्य हासिल गर्न युवा विद्यार्थीको भूमिका बढाउने लक्ष्य लिइएको क्याम्पस प्रमुख सिलवालले जानकारी दिए । ‘क्याम्पसले विश्वविद्यालय तहको शिक्षालाई व्यवहारिक र उपयोगी बनाउने प्रयास भइरहेको छ’ उनले भने ‘देश–विदेशका क्याम्पस तथा विश्वविद्यालयहरुसँग समेत सहकार्य गरिरहेका छौं ।’ उद्घाटनको कार्यक्रम हेटौंडाको एभोकाडो होटलमा हुनेछ भने कार्यक्रम क्याम्पस परिसरमै हुने उनले बताए ।

मकवानपुर क्याम्पसले यसअघि राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । विश्वविद्यालय अनुदान आयोग, हेटौंडा उपमहानगरपालिकासहित अन्य निकायसँग साझेदारी रहेको अन्तर्राष्ट्रिय सम्मेलनकाे लागि करिब २० लाख खर्च हुने आयोजकले जनाएकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट