मोटरसाइकल दुर्घटनामा दाजुभाइको ज्यान गयो

नवलपरासी, २७ वैशाख । कावासोती–११ लोकाहाका   दाजुभाइको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। शनिबार साँझ रिठेपानी सडक खण्डमा भएको दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र २२ वर्षीय सागर दर्लामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

रजहर, २७ वैशाख । वैशाख २६ गते अपरान्ह ४ बजेपछि रजहर सामुदायिक प्राकृतिक चिकित्सालयमा सदाको भन्दा भिन्न माहोल बन्यो । सधैँजसो प्राकृतिक उपचार लिन आउनेहरुको आवतजावत हुने प्राकृतिक चिकित्सालयको प्राङ्गणमा शुक्रबार कवि, साहित्यकार, संरक्षणकर्मी, जनप्रतिनिधि र नीतिनिर्माण तहका व्यक्तित्वहरूको उपस्थितिले चिकित्सालयको प्राङ्गणको वातावरण भिन्न बनाएको थियो । प्राकृतिक चिकित्सालयको प्राङ्गणलाई फरक अनुष्ठानमा ढाल्ने काम गरेको […]

मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने

मकवानपुर, २७ वैशाख । हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । वैशाख २७ गतेबाट ३ दिनसम्म सञ्चालन हुने सम्मेलनको विषयमा शुक्रबार पत्रकार भेटघाट गरेर जानकारी गराएको छ । सम्मेलनमा देश–विदेशबाट एक सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । केही प्रतिनिधि र केही विज्ञ भने अनलाईनमार्फत नै सहभागी हुने मकवानपुर बहुमुखी क्याम्पसका […]