अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

भरतपुर, १९ वैशाख ।
अर्किड स्कुल भरतपुरमा नव आगन्तुक विद्यार्थीलाई मुना बालपत्रिका उपलब्ध गराएर स्वागत गरिएको छ । करिब २६० जना विद्यार्थीलाई मुना बालपत्रिका दिएर स्वागत गरिएको शिक्षक संसारचन्द्र न्यौपानेले बताउनु भयो ।

शुक्रबार नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्ने क्रममा नृत्य, कलाप्रदर्शनी, नाटकलगायतका प्रस्तुति पनि गरिएको शिक्षक न्यौपानेले बताउनुभयो । कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूलाइ मुना उपलब्ध गराइएको हो ।

भरतपुर- १० हाकिमचोकमा रहेको यस विद्यालयले विद्यार्थीहरुलाई नियमितरूपमा विभिन्न सिर्जनात्मक गतिविधिमा सहभागी गराउँदै आएको छ । विद्यालयले कक्षा ३ देखि ६ सम्मका विद्यार्थीलाई जन्मदिनमा उपहारस्वरूप मुना उपलब्ध गराउँदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट