अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

भरतपुर, १९ वैशाख । अर्किड स्कुल भरतपुरमा नव आगन्तुक विद्यार्थीलाई मुना बालपत्रिका उपलब्ध गराएर स्वागत गरिएको छ । करिब २६० जना विद्यार्थीलाई मुना बालपत्रिका दिएर स्वागत गरिएको शिक्षक संसारचन्द्र न्यौपानेले बताउनु भयो । शुक्रबार नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्ने क्रममा नृत्य, कलाप्रदर्शनी, नाटकलगायतका प्रस्तुति पनि गरिएको शिक्षक न्यौपानेले बताउनुभयो । कक्षा १ देखि ९ सम्मका […]
हेटौंडामा स्पोटर्स अवार्ड र युथ समिट हुने

मकवानपुर, १९ वैशाख । बागमती प्रदेशकाे राजधानी हेटौंडामा स्पोटर्स अवार्ड र युथ समिट हुने भएको छ । बागमती प्रदेश सरकारको आयोजनामा उक्त कार्यक्रम गर्न लागिएकाे हाे । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आगामी जेठको पहिलो साता उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रम हेटौंडाको हुप्राचौरमा हुने बताइएकाे छ । अवार्ड अन्तर्गत राष्ट्रिय तथा स्थानीय […]
दुम्कीबासमा डाइभर्सन बगायो, महेन्द्र राजमार्ग अवरुद्ध

नवलपरासी, १९ वैशाख । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि […]
बीमा बोर्डले रकम नदिएपछि बीमामार्फत दिइने उपचार सेवा रोक्ने भरतपुर अस्पतालको तयारी

चितवन, १९ वैशाख । बीमा बापत पाउनुपर्ने भुक्तानी रकम नपाएको भन्दै भरतपुर अस्पतालले आगामी जेठदेखि बीमामार्फत् दिइने सबै उपचार सेवा रोक्ने तयारी गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले चालु आर्थिक वर्षको बीमामार्फत उपचार गरेबापत पाउनुपर्ने करोडौं रकम नपाए जेठदेखि बीमामार्फत दिइने सबै सेवा रोक्ने चेतावनी दिए । उनले दैनिक सयौं बिरामीले […]
भवानी खतिवडाको ‘प्रणाम सगरमाथा’ सार्वजनिक

काठमाडौँ, १९ वैशाख । नियात्राकार भवानी खतिवडाको चौथो नियात्राकृति ‘प्रणाम सगरमाथा’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक विशेष समारोहमा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, नियात्राकार इल्या भट्टराई, पेज टर्नरका अध्यक्ष वरिष्ठ साहित्यकार भुवनहरि सिग्देल, वरिष्ठ कवि तथा नाटककार अशेष मल्ल, समालोचकहरू डा. अशोक थापा र महेश पौड्याल तथा लेखक स्वयंले उक्त […]