बीमा बोर्डले रकम नदिएपछि बीमामार्फत दिइने उपचार सेवा रोक्ने भरतपुर अस्पतालको तयारी

चितवन, १९ वैशाख ।
बीमा बापत पाउनुपर्ने भुक्तानी रकम नपाएको भन्दै भरतपुर अस्पतालले आगामी जेठदेखि बीमामार्फत् दिइने सबै उपचार सेवा रोक्ने तयारी गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले चालु आर्थिक वर्षको बीमामार्फत उपचार गरेबापत पाउनुपर्ने करोडौं रकम नपाए जेठदेखि बीमामार्फत दिइने सबै सेवा रोक्ने चेतावनी दिए ।

उनले दैनिक सयौं बिरामीले बीमामार्फत उपचार सेवा लिएको रकमको शोधभर्ना पटक-पटक माग गरे पनि नपाएको गुनासो गरे । मेसु पौडेलका अनुसार स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा एक रुपैयाँ पनि पैसा दिएको छैन । गत वर्षको बाँकी ३६ करोड रकम आए पनि चालु वर्षको रकम नआएको उनले बताए ।
‘कार्यक्रम चलाएर मात्रै भएन, पैसा पनि आउनुपर्‍यो, कर्मचारी र स्वास्थ्यकर्मीको तलब भत्ता दिनुपर्‍यो, औषधि खरिदको रकम दिनुपर्‍यो, रकम नदिए कसले दिन्छ सधैं औषधि ? यसै पनि सेवा प्रभावित हुने नै भयो’ मेसु डा. पौडेलले भने, ‘वैशाखमा रकम नआए जेठमा कडा निर्णय लिनेछौं, यसको निर्क्यौल र समाधान छिटो हुनुपर्छ ।’

मेसु पौडेलले एमआरआईको मात्रै ४ करोड रकम लिनुपर्ने बाँकी रहेको बताए । उनले भरतपुर अस्पतालको शोधभर्ना बापतका दावी भुक्तानी माग गरिएको रकम झन्डै ६० करोड रुपैयाँ पुग्न लागेको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट