चितवन, १८ वैशाख ।
मजदुर दिवसको अवसर पारी नारायणगढको लायन्सचोकमा लायन्स तथा लियोहरूको संयोजकत्वमा म्याजिक तथा अटो चालकहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य परीक्षणमा सुगर, उच्च रक्तचाप, आँखा तथा छालारोग परीक्षण लगायतका स्वास्थ्य परीक्षण भएको हो ।
कार्यक्रममा करिब १५० जना मजदुरहरूको निःशुल्क सुगर, उच्च रक्तचाप, आँखा तथा छालारोग परीक्षण लगायतका स्वास्थ्य परीक्षण भएको छ । कार्यक्रममा लायन्स क्लब अफ चितवन कर्पोरेट, लायन्स क्लब अफ नारायणगढ दियालो, लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ संगमचोक, लायन्स क्लब अफ भरतपुर युथ, लियो क्लब अफ नारायणगढ बालकुमारी, लियो क्लब अफ नारायणगढ दियालो, लियो क्लब अफ भरतपुर युथ, नेपाल हेल्थ क्रप्स (COMS) लगायतका क्लबहरूको संयोजकत्व रहेको थियो ।
कार्यक्रमका सभाध्यक्ष लायन्स क्लब अफ चितवन कर्पोरेटका अध्यक्ष लायन फडेन्द्र अधिकारी रहनुभएको थियो भने प्रमुख अतिथिमा लायन्स इन्टरनेसनल ३२५ आर का वर्ष २०२४-२५ का डिस्ट्रिक्ट गवर्नर लायन दिनानाथ न्यौपाने रहनु भएको थियो । कार्यक्रममा लायन्सका विभिन्न पदमा रहनु भएका लायन नवराज सापकोटा, लायन प्रभाकर पण्डित, लायन शंकर नेपाल , लायन असिम हमाल साथै लियो जिल्ला परिषद् ३२५ आर नेपालका नवनिर्वाचित २०२५/२६ का अध्यक्ष लियो लायन विज्ञान पौडेल लगायतका उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि न्यौपाने कार्यक्रममा बोल्दै मजदुर दिवसको अवसरमा मजदुरहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएकोमा पक्कै पनि धेरै भन्दा धेरै व्यक्तिहरूले लाभ लिनुभएको आशा व्यक्त गर्दै आउँदाका दिनहरूमा पनि यसैगरी समाज रूपान्तरण र समाजसेवाको कार्यमा सदैव लायन्स तथा लियो जोडिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको लियो जिल्ला परिषद् ३२५ आर नेपालका नवनिर्वाचित २०२५/२६ का अध्यक्ष लियो लायन विज्ञान पौडेलले जानकारी दिनुभयो ।