भरतपुरमा पहिलोपटक एसएमल इसुजुको ग्राहक भेटघाट सम्पन्न

चितवन, १३ वैशाख ।
चितवनमा पहिलो पटक एसएमएल ईसुजुले कष्टुमर मिट कार्यक्रम सम्पन्न गरेको छ । एसएमएल ईसुजु नेपालका लागि एक मात्र आयातकर्ता लक्ष्मी कमर्सियल भेहिकल प्रालि र यसको आधिकारिक डिलर ब्राण्डेड अटोमोबाइल प्रालिको संयुक्त आयोजनामा शुक्रबार ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । आफ्ना ग्राहकसंँग एसएमल इसुजुको सेवा तथा कष्टुमरको सुझाव संकलन गर्ने उद्धेश्यसहित कष्टुमर मिट कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

सो अवसरमा ब्राण्डेड अटोमोबाइलका अध्यक्ष इन्द्र रेग्मीले लक्ष्मी कमर्सियल भेहिकल एसएमल इसुजुको एकमात्र आयातकर्ता भएको बताउंँदै ग्राहकसंँग अन्तरक्रियाको साथै पुनर्ताजगी गर्ने उद्धेश्यसहित पहिलोपटक भरतपुरमा ग्राहक भेटघाट कार्यक्रम गरिएको बताए । ‘लक्ष्मी कमर्सियलको देशका प्रमुख शहरमा आफ्नै डिलर र शाखा छन्´, रेग्मीले भने – `चितवन र नवलपुरको लागि ब्राण्डेड अटोमोबाइलले बिक्री र सेवा दिईरहेको छ ।’ आगामी दिनमा एसएमएलका थप नयांँ उत्पादन बिक्री र सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष रेग्मीले कम्पनीले २४ सै घण्टा मर्मत र सेवा दिईरहेको जानकारी दिए ।

उनले आगामी दिनमा ग्राहकहरू, व्यवसायिक साझेदारहरू तथा सरोकारवालाहरू बीचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरे
। सो अवसरमा लक्ष्मी कमर्सियलका सेल्स हेड सञ्जय खड्काले कम्पनीको इतिहास र वर्तमानमा गरेका सेवा र विस्तारका बारेमा जानकारी दिएका थिए । उनले ग्राहकको विश्वास र मायाले कम्पनी यो स्थानमा आउन सफल आएको बताए । उनले कम्पनीको सेल्स तथा सर्भिस नेटवर्क र गुणस्तरीय सेवा र उत्पादनको विश्वसनीयता बारे प्रष्ट्याएका थिए । सोही अवसरमा बुकिङ गर्ने प्रत्येक ग्राहकवर्गलाई डेढ टनको एसी दिने घोषणा गरिएको थियो ।

जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुले बस ट्रिपर तथा ट्रकहरू निर्माण गर्दै सेल्स, सर्भीस र स्पेयर पार्टस एकै ठाँउमा उपलब्ध गराउँदै आएको छ । नेपाली भूबनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एसएमएल ईसुजुका सवारी साधनहरू विगत लामो समयदेखि लोकप्रिय रहँदै आएको छ । कार्यक्रममा चितवनस्थित ब्राण्डेड अटोमोबाइल प्रालिले आफ्नो स्थापना इतिहास र हालसम्मका उपलब्धीहरू प्रबन्ध निर्देशक अर्जुन सापकोटाले प्रस्तुत गरेका थिए ।

यस्तै लक्ष्मी कमर्सियल भेहिकलका बस इन्चार्ज रामहरि थपलियाले एसएमएल ईसुजु गाडीहरूको प्राविधिक पक्ष र यसको विशेषताहरूको बारेमा जानकारी दिँदै एसएमएल ईसुजु नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्दै आएको बताए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै ब्राण्डेड अटोमोबाइलका निर्देशक सुनिता रेग्मीले चितवनका विद्यालयहरुलाई लक्षित गरि विशेष प्याकेज दिँदै ग्राहक सेवा नै आफूहरुको पहिलो प्राथमिकता रहेको बताएकी थिइन् ।

आगामी दिनहरूमा लक्ष्मी कमर्सियल भेहिकल प्रालिले नेपालका विभिन्न क्षेत्रहरूमा यस्तै कार्यक्रमहरू आयोजना गर्दै ग्राहकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, उनीहरूको आवश्यकताहरू बुझ्ने र अझ राम्रो सेवा प्रदान गर्ने योजना बनाएको छ । कार्यक्रममा २ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो । एस एम एल इसुजुले नेपाली बजारमा लाइट तथा मिडियम ट्रक, टिप्परका साथै स्कुल बस र स्टाफ बस अन्तर्गत विभिन्न क्षमताका बस र ट्रकहरू उपलब्ध गराउँदै आएको छ । विशेषगरी स्कुल बस सेग्मेन्टमा यो ब्राण्डले लामो समयदेखि अग्रणी स्थान कायम राख्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट