किताब बजारमा श्रेयजको ‘बहुरूपी’ को चर्चा

मकवानपुर, १३ वैशाख । “जोगीले खरानी घसेजस्तै गेहुँको आटा घसेर सेतो देखिएपछि मात्र नागरिकताको सिफारिसमा तोक लाग्छ भने म खेतमा धान लगाउँदिनँ मालिक पूरा साल म गेहुँमात्र उगाउँछु !” युवा लेखक श्रेयज सुवेदीको पहिलो पुस्तक ‘बहुरूपी’ को चर्चा सबैतिर भइरहको छ । गत हप्ता राजधानीका ७ ठाउँबाट एकसाथ सार्वजनिक ‘बहुरूपी’ कथासङ्ग्रह हो भने यसका कृतिकार […]

साहित्य सङ्गम मकवानपुरद्वारा १२ कृतिकार सम्मानित

मकवानपुर, १३ वैशाख । साहित्य सङ्गम मकवानपुरले १२ जना पुस्तकका स्रष्टाहरूलाई सम्मान गरेको छ । ३५४ औँ नियमित साहित्य सन्ध्या तथा विशेष साधारण सभाका क्रममा २०८१ सालभित्र प्रकाशन भएका मकवानपुर जिल्लाभित्रका साहित्यकारहरूलाई सम्मान गरेको हो । अघिल्लो वर्ष मकवानपुरका सर्जकहरूका २ मुक्तक सङ्ग्रह, २ गजल सङ्ग्रहका साथै १/१ कविता/नियात्रा/कथा/अनुसंस्करण/गीत/संस्मरण सङ्ग्रह प्रकाशन भएका थिए । सम्मानित […]

कविडाँडा सुवर्ण – तुलसी काव्य पुरस्कार- २०८१ कवि गोपाल पराजुलीलाई प्रदान

काठमाडौं, १३ वैशाख । कवि गोपाल पराजुलीले कविडाँडा सुवर्ण – तुलसी काव्य पुरस्कार- २०८१ प्राप्त गरेका छन् । ५० हजार १६० रुपैयाँ नगद राशि रहेको उक्त पुरस्कार शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि पराजुलीलाई प्रदान गरियो । कविडाँडा साहित्य समाजले प्रदान गर्ने सो पुरस्कार हाल अमेरिका बस्ने गीतकार सरला श्रेष्ठले आफ्ना मातापिता तुलसीदेवी र सुवर्णजङ्ग श्रेष्ठको […]

भरतपुरमा पहिलोपटक एसएमल इसुजुको ग्राहक भेटघाट सम्पन्न

चितवन, १३ वैशाख । चितवनमा पहिलो पटक एसएमएल ईसुजुले कष्टुमर मिट कार्यक्रम सम्पन्न गरेको छ । एसएमएल ईसुजु नेपालका लागि एक मात्र आयातकर्ता लक्ष्मी कमर्सियल भेहिकल प्रालि र यसको आधिकारिक डिलर ब्राण्डेड अटोमोबाइल प्रालिको संयुक्त आयोजनामा शुक्रबार ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । आफ्ना ग्राहकसंँग एसएमल इसुजुको सेवा तथा कष्टुमरको सुझाव संकलन गर्ने उद्धेश्यसहित […]

चितवनमा विभिन्न घटनामा ५ जनाको मृत्यु

मकवानपुर, १३ वैशाख । चितवन जिल्लामा विभिन्न घटनामा ५ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर – १, ३, ४, ७ र २९ मा भएकाे छुट्टाछ्ट्टै घटनामा ५ जनाकाे मृत्यु भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । भरतपुर महानगरपालिका–१, पुलचोकमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको प्रहरीले जनाएकाे […]

सरकारले शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीसँग शनिबार बिहानै वार्ता गर्ने

काठमाडौँ, १३ वैशाख । सरकारले शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई फेरि वार्तामा आउनका लागि आह्वान गरेको छ । सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गर्दै शुक्रबार कारणवश वार्ता हुन नसकेको भन्दै शनिबार (आज) बिहान साढे ७ बजे पुनः वार्तामा आउन मन्त्री पन्तबाट आह्वान भएको बताएका छन् ।

शिक्षकहरुको रचनात्मक आन्दोलन : ५७४ जनाले गरे रक्तदान

काठमाडौं, १३ वैशाख । चरम रगत अभाव भइरहेको वर्तमान समयमा नेपाल शिक्षक महासङ्घको आह्वानमा आन्दोलनकै क्रममा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५७४ जनाले रक्तदान गरेका छन् । चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलनको २३ औँ दिनका दिन बृहत खुला रक्तदान कार्यक्रम आन्दोलन स्थलमा नै आयोजना गरिएको थियो । आन्दोलनको मैदानमा रक्तदानको फरक दृश्यले यतिबेला सबैको […]