चितवनमा विभिन्न घटनामा ५ जनाको मृत्यु

मकवानपुर, १३ वैशाख ।
चितवन जिल्लामा विभिन्न घटनामा ५ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर – १, ३, ४, ७ र २९ मा भएकाे छुट्टाछ्ट्टै घटनामा ५ जनाकाे मृत्यु भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका–१, पुलचोकमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको प्रहरीले जनाएकाे छ । शुक्रबार दिउँसो मनास्लु होटल अगाडी पिपलको रुख मुनी हाल नामथर नखुलेको अन्दाजी ५० वर्षीय पुरुष अचेत अबस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनलाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा पुरुषको शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी भरतपुर महानगरपालिका–३, पुलचोकमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राती आँपटारीबाट गैंडाकोटतर्फ आउँदै गरेको ग २ ख १०८० नम्बरको ट्रकले ठक्कर दिँदा काभ्रेपलाञ्चोक जिल्ला घर भई हाल भरतपुर महानगरपालिका–३, बस्ने ६० वर्षीय ताईसन तामाङ गम्भिर घाइते भएका थिए । घाइते ताईसनलाई उपचारका लागि चितवनस्थित भरतपुर मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा शुक्रबार राती नै डाक्टरले मुत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै चितवनको भरतपुर महानगरपालिका–४, गैंडाचोकमा एक जना पुरुषको शव फेला परेको छ । शुक्रबार दिउँसो नारायणी नदीको तिरमा हाल नाम थर नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–७, प्रेमबस्तीचोकमा बलेरोले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो गितानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ५ च २६४४ नम्बरको अण्डा लोड गरेको बलेरोले सोही दिसातर्फ जाँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । बोलेरोको ठक्करबाट भरतपुर महानगरपालिका–६, ईन्द्रपुरीकी ५२ वर्षीया लक्ष्मी वाग्ले गम्भिर घाईते भएकी थिइन् । घाइते लक्ष्मीलाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा दिउँसो नै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बलेरो चालक मकवानपुरको मनहरी गाउँपालिका–६, बस्ने २५ वर्षीया पेमा लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९, सिमतालमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला ठोरी गाउँपालिका–२ बस्ने ५१ वर्षीय माधव प्रसाद बास्कोटा रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान बास्कोटा स्थानीय श्याम थकालीको घर अगाडि बरण्डामा अचेत अवस्थामा फेला परेका थिए । बास्कोटालाई उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानका क्रममा बनस्कोटाले अत्याधिक मदिरा सेवन गरेको पाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट