किताब बजारमा श्रेयजको ‘बहुरूपी’ को चर्चा

मकवानपुर, १३ वैशाख ।
“जोगीले खरानी घसेजस्तै गेहुँको आटा घसेर सेतो देखिएपछि मात्र नागरिकताको सिफारिसमा तोक लाग्छ भने म खेतमा धान लगाउँदिनँ मालिक पूरा साल म गेहुँमात्र उगाउँछु !”

युवा लेखक श्रेयज सुवेदीको पहिलो पुस्तक ‘बहुरूपी’ को चर्चा सबैतिर भइरहको छ । गत हप्ता राजधानीका ७ ठाउँबाट एकसाथ सार्वजनिक ‘बहुरूपी’ कथासङ्ग्रह हो भने यसका कृतिकार हुन् श्रेयज सुवेदी । पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै सार्वजनिक पुस्तकको प्रचारप्रसार फिल्मको बजारीकरण गरेजस्तै शैलीमा भएको थियो ।

सधैं शान्त बस्न रूचाउने श्रेयज घुमन्ते पनि हुन् । विभिन्न भुगोल र समाजको अध्ययन गर्नमा रूची राख्ने श्रेयजका यथेष्ट फुटकर कथाहरू प्रकशित भइरहेका छन् । त्यसो त २०७८ मा बाह्रखरी कथा प्रतियोगितामा उत्कृष्ट २५ मा समावेश उनको कथा लेख्ने शैलीले पाठकहरूलाई भिन्न स्वाद पस्कने गरेको पाइन्छ । २०७७ को सोही प्रतियोगितामा श्रेयजको कथा ‘बेजोडा’ ले दोस्रो स्थान प्राप्त गरेको हो ।

‘मेरा कथामा मेरै शैलीको मेरैपन भएकोले केही फरक होस् भन्ने थियो, आजको लोकार्पणले त्यसको शुरूवात भएको छ।’ भन्ने श्रेयज हेटौँडाका स्थायी बासिन्दा हुन् भने हाल काठमाण्डौँमा बस्छन् ।

कथावाचनको परम्परागत शैलीभन्दा भिन्न रहेर ६ वटा खण्डमा विभाजन गरिएका १५ वटा कथाहरू बहुरूपीमा रहेका छन् । ती हरेक कथाले मधेशको जीवन, प्रकृति, भूगोल, भाषा र स्थानीयपनलाई बोक्नुका साथै युवाका मनोविज्ञान, सपना र भोगाइलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको लेखकले बताए ।

बुकहिलका भुपेन्द्र खड्का भन्छन्- “सबैतिर उज्यालोकै खोजी छ ! सायद नेपाली साहित्यमा श्रेयज सुवेदी नव-उज्यालो हुन सक्छन् ।”

बुकहिल प्रकाशनले बजारमा ल्याएको हो भने पुस्तकको आवरण कवि तथा कलाकार रसिकराजले तयार गरेका हुन् । प्रकाशनले आफ्नो महत्त्वाकांक्षी पुस्तकको रूपमा सार्वजनिक गरेको २२८ पृष्ठको पुस्तकको बजार मूल्य ५५५ रूपैयाँ रहेको छ । थुप्रै डटकमले E-book मूल्य २२५ रुपैयाँ राखेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट