भरतपुर अस्पतालमा आउने ७० प्रतिशत बिरामी स्वास्थ्य बिमा कार्यक्रमका

चितवन, १२ वैशाख
भरतपुर अस्पताल पूर्वाधार र जनशक्ति भएर पनि शिक्षण अस्पताल बन्न नसकेको गुनासो सुनिन थालेको छ । भरतपुर अस्पतालले बिहीबार अस्पतालमा आयोजना गरेको स्वत: प्रकाशनबारेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अस्पतालका पदाधिकारीले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । ‘सरकारको नीति तथा कार्यक्रममा परेर पनि भरतपुर अस्पताल गत वर्ष शिक्षण अस्पताल बन्न सकेन, यस वर्ष हामीहरु आशावादी छौँ’ अध्यक्ष पौडेलले भने, ‘वार्षिक ५० करोडको पुँजीगत खर्च गरिरहेका छौँ । बर्न केयर युनिट आइसियुसहित हुँदैछ । मुटुरोगका बिरामीलाई क्याथल्याब सेवा सुरू गर्दैछौँ ।’

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालमा उपचार सेवाका लागि आउने ७० प्रतिशत बिरामी स्वास्थ्य बिमा कार्यक्रमका रहेको जानकारी दिए । उनले बिमा कार्यक्रमका बिरामीको उपचार वापत सरकारसँग ५० करोड रुपैयाँ बिमाको दाबी भुक्तानी लिन बाँकी रहेको बताए । उनले अस्पताललाई अब शिक्षण अस्पतालमा रुपान्तर गर्नु पर्ने धारणा राख्दै भने, ‘मेडिकल कलेज बन्न सक्षम छौँ, बन्न सकेका छैनौँ ।’

मेसु पौडेलले अस्पतालमा कर्मचारी र चिकित्सक गरी १ हजार २ सय ५० जनालाई तलब भत्तामा साढे ४ करोड रुपैयाँ खर्च हुने गरेको जानकारी दिए । उनले भवन निर्माणबाहेक औषधी र अन्य सामान खरिदको १२ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी रहेको बताए । ‘बिमाको दाबी भुक्तानी पाउन नसकेपछि बिमाबाट हुने २४ थरी ल्याब परीक्षण रोकेका छौँ’ मेसु पौडेलले भने ।

अस्पतालको स्वास्थ्य बिमा शाखा प्रमुख लीलाधर पौडेलले भरतपुर अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत देशभरिमै उत्कृष्ट सेवा दिँदै आएको बताए । उनका अनुसार भरतपुर अस्पतालबाट मासिक ६ करोड रूपैयाँ भुक्तानी दाबी हुँदै आएको छ ।

कार्यक्रममा अस्पतालका शाखा अधिकृत तुलसीराम आचार्यले स्वत: प्रकाशनको प्रस्तुति गरेका थिए । उनले २०८१ साल माघदेखि चैतसम्म अस्पतालबाट सम्पादित प्रमुख क्रियाकलापहरू आफ्नो प्रस्तुतिमा समेटेका थिए । सोही कार्यक्रममा अस्पतालका सहायक मेसु डा. सुनिल पन्तले फ्रेण्ड्स अफ भरतपुर अस्पतालका नयाँ पदाधिकारीहरुको नाम घोषणा गरेका थिए ।

फ्रेण्ड्स अफ भरतपुर अस्पतालको नवगठित समितिमा संयोजक डा. केशवराज भुर्तेल, उपसंयोजक अजिता अधिकारी, सचिव उपेन्द्र पण्डित, सहसचिव दीपेन्द्र खरेल र कोषाध्यक्ष अर्जुन अधिकारी छन् । कार्यक्रममा पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले मन्तव्य व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट