रोटरी क्लब अफ चितवनले गौरीटार खानेपानी तथा सिँचाइ परियोजना बनाइदिने

तनहुँ, ७ वैशाख ।

देवघाट गाउँपालिकाको गैरीटारमा रोटरी क्लब अफ चितवनले छैसठ्ठी लाख रुपैयाँ (अमेरिकी डलर ४८ हजार ८ सय ८०) लगानीमा गौरीटार खानेपानी तथा सिँचाइ परियोजना सञ्चालन गर्ने भएको छ । गत शुक्रबार यस परियोजनाको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष भानु शर्माले स्थानीय समुदायमा स्वच्छ खानेपानी र सिँचाइको पहुँच विस्तार गरी समुदायमा रहेका व्यक्तिहरुको जीवनस्तरमा सुधार एवं दिगो सामाजिक, आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिइएको बताए । यो परियोजना विभिन्न अन्तर्राष्ट्रिय रोटरी क्लबहरुको सहकार्यमा कार्यान्वयन भइरहेको छ ।

परियोजनाका अन्तर्राष्ट्रिय साझेदारहरुमा अमेरिकामा रहेका रोटरी क्लबहरु अबर्न, बेल्लेभु, मिल ग्रिक, लेक फरेस्ट पार्क, सिएटल इन्टरनेशनल डिष्ट्रिक्ट, युनिभर्सिटी डिस्ट्रिक्ट अफ सिएटल एवं ताइवानमा रहेको रोटरी क्लब अफ काओसिउङ रहेका छन् । यी क्लबहरुको प्राविधिक परामर्श, आर्थिक सहयोग तथा सेवा भावनाले परियोजना संचालनमा ठोस आधार प्रदान गरेको अध्यक्ष शर्माले बताए ।

परियोजना शिलान्यास समारोहमा रोटरी क्लब अफ चितवनका निर्वाचित अध्यक्ष रामचन्द्र अधिकारी, प्रथम उपाध्यक्ष गेहेन्द्रमान श्रेष्ठ, द्वितीय उपाध्यक्ष एवं परियोजनाको प्रथम सम्पर्क व्यक्ति राजन पिया, सम्पादक रुपक श्रेष्ठ, सहसचिव जनककुमार ढकाल, सदस्य प्रदीप भट्टराई, स्थानीय उपभोक्ता समितिका सदस्यहरु, जनप्रतिनिधि र स्थानीय लाभग्राहीहरुको सहभागिता रहेको थियो ।

परियोजना सम्पन्न भएपछि स्थानीय ३३ घरधुरीका बासिन्दालाई शुद्ध पिउने पानी उपलब्ध हुनेछ भने दस बिघा क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ । पिउने पानी वितरणका लागि दस हजार लिटरको ओभरहेड ट्यांकी निर्माण हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट