पहिलोपटक मनाईयो राष्ट्रिय याक दिवस

ललितपुर, ७ वैशाख । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए । ‘प्रथम राष्ट्रिय याक दिवस’ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार ललितपुरको खुमलटारमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले भौगोलिक चुनौती, युवा पुस्ताको बसाइसराई, […]
सिस्नुपानी मकवानपुरमा प्रलय चौलागाईँ मनोनित

मकवानपुर, ७ वैशाख । सिस्नुपानी नेपाल मकवानपुरले सङ्गीतकार प्रलय चौलागाईँलाई सदस्यमा मनोनित गरेको छ । चौलागाईँलाई मनोनयन गरेपश्चात् ११ सदस्यीय कार्यसमिति बनेको छ । हास्यव्यङ्ग्य प्रस्तुतिमार्फत् समाजमा रहेका कुरीति र बेथितिका विरूद्धमा सचेत गराउने उद्देश्यले हरेक वर्ष देउसीभैलो र गाईजात्राका साथै रचना वाचनका विविध कार्यक्रम आयोजना गर्ने गरेको छ । राष्ट्रव्यापि हास्यव्यङ्ग्य कविता प्रतियोगिता समेत […]
रोटरी क्लब अफ चितवनले गौरीटार खानेपानी तथा सिँचाइ परियोजना बनाइदिने

तनहुँ, ७ वैशाख । देवघाट गाउँपालिकाको गैरीटारमा रोटरी क्लब अफ चितवनले छैसठ्ठी लाख रुपैयाँ (अमेरिकी डलर ४८ हजार ८ सय ८०) लगानीमा गौरीटार खानेपानी तथा सिँचाइ परियोजना सञ्चालन गर्ने भएको छ । गत शुक्रबार यस परियोजनाको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष भानु शर्माले स्थानीय समुदायमा स्वच्छ खानेपानी र सिँचाइको पहुँच विस्तार गरी […]