चितवन, ३ वैशाख ।
चितवनको प्रसिद्ध चितवन केक हाउसले भरतपुर- १० स्थित सप्तगण्डकी रोडबाट सेवा प्रारम्भ गरेको छ । बिगत ५ वर्षदेखि रत्ननगर नगरपालिका- २ टाँडी बजारबाट सेवा दिइरहेको चितवन केक हाउसले नयाँ वर्षको अवसर पारेर सोमबारबाट सप्तगण्डकी रोडमा पहिलो शाखा सन्चालनमा ल्याएको हो ।
कलाकार सुगम पोख्रेल, लोकदोहोरी गायक अर्जुन सापकोटा र रचनाकार सन्तोष सापकोटाको उपस्थितिमा केक हाउसको शाखा उद्घाटन गरिएको हो ।
रत्ननगरमा केक हाउस सञ्चालनमा ल्याएको ५ वर्षमा भरतपुरबाट पनि ग्राहकहरुको राम्रो माग र प्रतिक्रिया आएपछि ग्राहकलाई मध्यनजर गरेर भरतपुरमै अर्को शाखा सञ्चालनमा ल्याएको केक हाउस सञ्चालक कृष्ण शर्मा एकान्त प्रेमीले बताए ।
उद्घाटनको अवसरमा पसलमा आएका ग्राहकहरुलाई केक खरिदमा ५० प्रतिशत छुट दिइएको बताउँदै ग्राहकलाई सहुलियत कुपन पनि वितरण गरिएको उनले बताए । कुपन पाएका गाहकहरुले तीन महिना भित्रमा पुनः केक किन्न आउँदा ५० प्रटिशत छुट पाउनेछन् ।
केक हाउसमा ४ सय देखि १५ सय रुपैयाँसम्मका विभिन्न फ्लेवरका भेज तथा ननभेज केकहरु पाईने सञ्चालक केदार शर्माले बताए । सञ्चालन दाजुभाइले केक हाउसमा ४ जनालाई रोजगार समेत दिएका छन् ।





