बाजुरा प्रहरी कार्यालयमा नागरिकमैत्री पुस्तकालय स्थापना

बाजुरा, २८ चैत ।
जिल्ला प्रहरी कार्यालय बाजुराले बसिबियाँलो नागरिकमैत्री घर निर्माण गरी पुस्तकालय स्थापना गरेको छ । पहिलोपटक जिल्ला प्रहरी कार्यालय बाजुराले कार्यालय परिसर भित्रै नागरिकमैत्री घर निर्माण गरी पुस्तकालय स्थापना गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुरामा आउने सेवाग्रहीहरुका लागि, पुस्तक किन्न नसक्ने र सहजै नपाउनेहरू पनि पढ्ने अवसरबाट वञ्चित नहुन् भन्ने उद्देश्यले कार्यालय परिसर भित्रै पुस्तकालयको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताउनुभयो ।

उहाँका अनुसार पुस्तकालय स्थापना पछि आफ्नो रुचि अनुसारको पुस्तक पढ्ने र छलफल गर्ने अवसर जुटाइदिने, विभिन्न किसिमका ज्ञानबर्द्धक पुस्तकहरु पढ्न पाईनेगरी सो नागरिकमैत्री पुस्तकालयको स्थापना गरिएको हो ।
जिल्लाका ९ वटै स्थानीय पालिका तथा उद्योगी-व्यवसायीहरुको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय बाजुराको श्रमदानमा बसिबियाँलो पुस्तकालय घर निर्माण गरिएको प्रहरी प्रमुख गिरीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाजुरामा बसिबियाँलो पुस्तकालय घर निर्माण भएपछि पुस्तकहरुको व्यवस्थापन गरिएको प्रहरी नायव उपरीक्षक गिरिले बताउनुभयो ।

गत फागुन महिनामा जिल्ला प्रहरी कार्यालय बाजुराले एक औपचारिक कार्यक्रमको आयोजना गरी यहाँका पालिकालगायत केही गैरसरकारी कार्यालयले पुस्तक प्रदान गरेको प्रमुख गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – `अहिले पुस्तकालयमा ५ सय बढि शीर्षकका पुस्तकहरु राखिएको छ । पुस्तकहरु पुस्तकालयमा राख्नेगरी सबै सम्वद्ध निकायहरुसँग सहयोगको माग गरेर यो काम गरेका हौँ ।´

प्रहरीले स्थापना गरेको पुस्तकालयमा चिया, कफी, मनोरञ्जनका लागि टेलिभिजनलगायतका दृश्यहरु राखिने प्रहरी प्रमुख गिरीले बताउनु भयो । अनावश्यक रुपमा हिँडडुल गर्ने र फुर्सदमा रहेका नागरिकले दिनभर आफूले चाहेका पुस्तक पढ्न पाउने र घरमा लगेर पनि पढ्ने गरी पुस्तकालय व्यवस्थापन गर्न लागिएको प्रहरी उपरिक्षक गिरीले बताउनु भयो ।
उहाँकै अध्यक्षतामा सञ्चालन भएको पुस्तक हस्तान्त्रण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहनुभएको थियो ।

त्यस्तै त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापा, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावत, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदमबहादुर माझी, सशत्र प्रहरी प्रमुख श्याम रावतलगायतको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट