१५औँ बिन्ध्यवासिनी म्युजिक अवार्डमा २२ स्रष्टा पुरस्कृत

काठमाडौं, २८ चैत । सांगीतिक क्षेत्रका विभिन्न स्रष्टाहरूलाई बिन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ प्रदान गरिएको छ । काठमाडौंमा आज सम्पन्न म्युजिक अवार्डको १५औं संस्करणमा विभिन्न १७ विधामा अवार्ड वितरण गरिएको हो । यस्तै थप ५ जना स्रष्टालाई सम्मान पनि गरिएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापा बिन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए । उनले सम्मानस्वरूप नगद […]

शिक्षक आन्दोलनप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ भरतपुरको ऐक्यवद्धता

चितवन, २८ चैत । विद्यालय शिक्षा ऐनको माग गर्दै भइरहेको राजधानीकेन्द्रित शिक्षक आन्दोलनप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ भरतपुरले ऐक्यवद्धता जनाएको छ । महासंघ भरतपुरका अध्यक्ष सुदीप सुवेदीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् । ‘विद्यालय शिक्षा सम्बन्धी संवैधानिक प्रावधान र सरकारले गरेका सम्झौता एवं प्रतिवद्धता कार्यान्वयन गर्दै आमअभिभावकको चाहना र […]

बाजुरा प्रहरी कार्यालयमा नागरिकमैत्री पुस्तकालय स्थापना

बाजुरा, २८ चैत । जिल्ला प्रहरी कार्यालय बाजुराले बसिबियाँलो नागरिकमैत्री घर निर्माण गरी पुस्तकालय स्थापना गरेको छ । पहिलोपटक जिल्ला प्रहरी कार्यालय बाजुराले कार्यालय परिसर भित्रै नागरिकमैत्री घर निर्माण गरी पुस्तकालय स्थापना गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुरामा आउने सेवाग्रहीहरुका लागि, पुस्तक किन्न नसक्ने र सहजै नपाउनेहरू पनि पढ्ने अवसरबाट वञ्चित नहुन् भन्ने उद्देश्यले […]

कवितामा रोल्पा कसरी पोखिएला चितवनमा ?

मेरो बुझाइमा रोल्पा के हो ? पाठकवृन्द, तपाई र मैले सोचेजस्तो रोल्पा केवल भूगोल मात्र होइन । तर म आजका मितिसम्म रोल्पा पुगेको छैन । पाठकवृन्द, मेरो स्थायी ठेगाना चितवन हो, जुन मेरो नागरिकतामा पनि उल्लेख छ । त्यसो त मेरो जन्म चितवनमा भएको भने होइन । फेरि भन्छु, चितवनमा हुर्केको मेरो पाइला अहिलेसम्म रोल्पाको […]

जनताको स्वास्थ्य अधिकारलाई सम्बोधन गर्न सरकार सधैँ तत्पर छ : मन्त्री थापा

मकवानपुर, २८ चैत । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले जनताको स्वास्थ्य अधिकारलाई सम्बोधन गर्न सरकार सधैँ तत्पर रहेको बताएका छन् । ललितपुर जिल्लाको विकट गाउँपालिका कोन्ज्योसोममा निर्माण भएकाे शंखु अस्पताल भवनकाे उद्घाटन गर्दै मन्त्री थापाले प्रदेशका अधिकांश पालिकाहरूमा आधारभूत अस्पताल स्थापना भइसकेको जानकारी दिए । अब त्यहाँ आवश्यक मेडिकल सामग्री तथा जनशक्ति व्यवस्थापनमा ध्यान […]