भरतपुर, २३ चैत ।
चितवनको गरिमामय साहित्यिक संस्था चितवन साहित्य परिषद्को अध्यक्षमा जगन्नाथ पण्डित निर्विरोध निर्वाचित हुनुभएको छ ।

संस्थाको १३ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले जगन्नाथ पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसअन्तर्गत उपाध्यक्ष गणेश श्रमण, सचिव नवराज ढुंगाना, कोषाध्यक्ष पदम अर्याल र सह सचिव कमल कँडेल प्रकृति रहनुभएको छ ।
संस्थाको सदस्यहरूमा बालकृष्ण थपलिया, शान्ति शर्मा, सरला जोशी, पूर्णप्रसाद अधिकारी र रामकृष्ण अनायासलाई चयन गरिएको छ ।





