`जनयात्रा कार्यक्रमलाई सम्बोधन गर्न नदिन सभापतिलाई शुक्रबार राति नै पक्राउ गरियो´

भरतपुर, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले शनिबार चितवनको जनयात्रा कार्यक्रममा सम्बोधन गर्न नदिनैका लागि पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार राति नै पक्राउ गरिएको आरोप लगाएका छन् । शनिबार चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन नदिन लामो समयदेखि प्रपञ्च बुनिएको उनले बताएका हुन् । उनले भने– ‘सभापतिज्यूले आज केही कुरा राख्ने उद्घोष गर्नुभएको […]

भरतपुरको बाटो उद्घाटन गर्न प्रधानमन्त्री ओली आउने भनिएको कार्यक्रम स्थगित

भरतपुर, २३ चैत । नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको ६ लेन सडक उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने कार्यक्रम स्थगित भएको छ । चैत २५ गते ६ लेन सडक उद्घाटनका लागि प्रधानमन्त्री ओली चितवन आउने भनी सञ्चारमाध्यममा समाचारसमेत आइसकेको थियो । नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकका अनुसार कार्यव्यस्तताको कारण प्रधानमन्त्री ओली चितवन आउने […]

दैनिक ११ घण्टा गाडी रोकेर दाउन्ने खण्डको बाटो बनाइने

भरतपुर, २३ चैत । महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडकखण्डको दाउन्नेमा अब दिउँसो पाँच घण्टा र राति ६ घण्टा आवतजावत बन्द गरी सडक विस्तारको काम गरिने भएको छ । नवलपरासी पूर्व र पश्चिमका सरोकारवालाहरुको शनिवार दाउन्नेमा बसेको बैठकले यातायात बन्द गरेर सडक विस्तारको कामलाई तीब्र गरिने निर्णय गरेको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख, प्रहरी निरीक्षक जनक […]

चितवन साहित्य परिषद्को अध्यक्षमा जगन्नाथ पण्डित निर्वाचित

भरतपुर, २३ चैत । चितवनको गरिमामय साहित्यिक संस्था चितवन साहित्य परिषद्को अध्यक्षमा जगन्नाथ पण्डित निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको १३ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले जगन्नाथ पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसअन्तर्गत उपाध्यक्ष गणेश श्रमण, सचिव नवराज ढुंगाना, कोषाध्यक्ष पदम अर्याल र सह सचिव कमल कँडेल प्रकृति रहनुभएको छ । संस्थाको […]

समाजसेवी नैना गुरुङद्वारा विद्यार्थीलाई `मुना´ उपहार

रत्ननगर, २३ चैत । पिस भिजन माध्यमिक विद्यालय रत्ननगर- १२ जिरौना, चितवनमा चलिरहेको वार्षिक परीक्षा शुक्रबार सकियो । परीक्षा सकेर घर फर्कन लागेका सबै विद्यार्थीलाई शिक्षक अभिभावक सङ्घकी अध्यक्ष तथा सामाजिक व्यक्तित्व नैना गुरुङले `मुना´ पत्रिका उपहार दिनुभयो । आफूले पढ्ने सामग्री पाउँदा विद्यार्थीहरु दङ्ग पनि देखिए, खुसी पनि भए । खाली समयमा विद्यार्थीलाई खेल्ने, […]