समाजसेवी नैना गुरुङद्वारा विद्यार्थीलाई `मुना´ उपहार

रत्ननगर, २३ चैत ।
पिस भिजन माध्यमिक विद्यालय रत्ननगर- १२ जिरौना, चितवनमा चलिरहेको वार्षिक परीक्षा शुक्रबार सकियो । परीक्षा सकेर घर फर्कन लागेका सबै विद्यार्थीलाई शिक्षक अभिभावक सङ्घकी अध्यक्ष तथा सामाजिक व्यक्तित्व नैना गुरुङले `मुना´ पत्रिका उपहार दिनुभयो । आफूले पढ्ने सामग्री पाउँदा विद्यार्थीहरु दङ्ग पनि देखिए, खुसी पनि भए ।

खाली समयमा विद्यार्थीलाई खेल्ने, घुम्ने, केही नयाँ कुरा सिक्ने काममा अग्रसर हुन आग्रह गर्दै समाजसेवी गुरुङले २२० थान मुना उपलब्ध गराउनु भएको हो ।

विद्यालयका प्रधानाध्यापक यमप्रसाद काफ्लेले नयाँ कक्षा शुरु हुनु अगाडिको खाली समयलाई सिर्जनात्मक एवम् रचनात्मक किसिमले भरपूर उपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । घरायसी काममा आमाबुबालाई सघाउँदा पनि जीवनमा महत्त्वपूर्ण सिकाइ हुने प्रधानाध्यापक काफ्लेले बताउनु भयो ।

कालिका नगरपालिका- १ सूर्यपुर निवासी गुरुङ मेन्टल हेल्थ एक्सन नेपाल (मन)चितवनकी प्रमुख हुनुहुन्छ । यो संस्थाले मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याका बारेमा परामर्श दिने काम गर्छ । गुरुङले निरन्तर रूपमा समुदाय स्तरमा रहेर सामाजिक तथा मानसिक समस्याबाट पीडितका लागि परामर्श दिने काम गरिरहनु भएको छ ।

बिराटनगरमा मुख्य कार्यालय रहेको मनको चितवन र धनगढीमा शाखा रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट